Skip to main content

Posts

Showing posts from 2020

नेपाल अध्ययनका लागि छानिएका सय पुस्तक

फुर्सद   विमल आचार्य  १६ कार्तिक २०७६ १२:१७:००  पुस्तक सर्वेक्षण : किन र कसरी ? नेपाली साहित्यिक पुस्तकबारे यदाकदा सर्वेक्षण भए पनि गैरसाहित्यिक पुस्तकबारे सर्वेक्षण गरी हेरौं न त भन्ने जिज्ञासाले यो सर्वेक्षण गर्ने प्रयास गरियो। नेपाल परिचय/नेपाल अध्ययनका लागि के-कस्ता किताब पढ्नुपर्ला त भन्ने धेरैको जिज्ञासा हुने गर्छ। अनि पुस्तकसम्बन्धी अखबारी वार्तामा ‘नेपालमा कस्ता पुस्तक लेखिए हुन्थ्यो ?’ भन्ने प्रश्नमा सबैजसोको जवाफ हुन्छ- नेपालको समाज, संस्कृति, प्रकृति, राजनीति, अर्थ बुझाउने अनुसन्धानात्मक पुस्तक लेखिन जरुरी छ। ‘लेखिन जरुरी छ’ भने केही पढिन पनि जरुरी छ कि ? सर्वेक्षणलाई धेरै छरिन नदिन हामीले चारवटा मापदण्ड बनाऔँ-पुस्तक नेपालबारे हुनुपर्ने, पुस्तक गैरसाहित्यिक हुनुपर्ने, पुस्तक नेपाली वा विदेशी जसले लेखेको भए पनि हुने र पुस्तक नेपालभित्र वा बाहिरका जुनसुकै भाषामा लेखिएको भए पनि हुने। यसअनुसार हामीले समाजविज्ञानका सबैजसो विधाका पुस्तक छानियून् भन्ने अभिप्रायले मोटामोटी दश विधा जति बनायौँ। ती विधा थिए-  १) नेपालको इतिहास/पुरातत्व  २) नेपालको राजनीति/कूटनीति  ३) नेपालक