·
जगतको विषयवोध गर्ने मानव प्रयास हो ।
·
यथार्थलाई बुझ्नका लागी एक साधन हो ।
·
जीवन र जगतलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण हो ।
·
यसले प्रकृति, जीवन, समाज र
चिन्तनका चालक एवम् सामान्य नियमहरुको
अध्ययन गराएर मानिसको विश्वदृष्टिकोण निर्माण गराउँछ ।
·
सिङ्गो जीवन र जगतका सामन्य नियमहरुको अध्ययन
गर्ने एक निश्चित पद्धति पनि हो ।
·
दर्शन कुनै पनि मानिसले एकैचोटी बनिबनाउ रुपमा
प्राप्त गरेको नभएर लामो जीवनयापनका दौरानमा प्राप्त गरेका संश्लेषणात्मक (synthesis) ज्ञान र
अनुभवहरुको निचोड हो ।
·
प्रत्येक सच्चा दर्शन आफ्नो समयको बौद्धिक सार
हो । (- कार्ल मार्क्स)
दर्शन अध्ययनको परम्परा
·
दर्शनशास्त्र एक अति प्राचीन विज्ञान हो ।
·
दर्शन उत्पतिको मुल कारण: जिज्ञास, तर्क र समष्टिगत चेतना ।
·
दर्शन शब्द संस्कृतको "दृश" धातुबाट
बनेको हो, जसको अर्थ हेर्नु भन्ने हुन्छ।
·
दर्शनलाई अंग्रेजीमा Philosophy भनिन्छ । दर्शन
शब्दको पहिलो व्याख्याता युनानी दार्शनिक पाइथागोरस हुन् । ग्रीक भाषामा Philio को अर्थ प्रेम
र Sophia को अर्थ ज्ञान
भन्ने हुन्छ । यसरी Philosophy
को अर्थ ज्ञान
प्रतिको प्रेम वा अनुराग हुन आउछ ।
दर्शन विकासको चरण
१. पूर्वप्राचीनकाल (छैटौँ शताब्दी देखि ४३०) सम्म : पूर्व प्राचिन, उत्तर प्राचिन ।
२. मध्यकाल (४०० देखि १६०० सम्म) : पुर्नजागरण काल
३. आधुनिक कालको सुरुवात (१६५० देखि १७८० सम्म) : Age of Enlightenment
४. प्रविधीसँगै दर्शनको बिकास:
दर्शनको विषयवस्तु
·
प्रकृतिसँगको मान्छेको सम्बन्धको अध्ययन ।
प्रकृतिमा मानिस बाच्छ वा मानिस अनुसार प्रकृति चल्छ ?
·
प्रकृतिको उत्पति, विकास र परिस्थितिको अध्ययन ।
·
मानव उत्पति र विकासको अध्ययन
·
तिन पक्ष : तत्वमीमांसा, ज्ञानमीमांसा, आचारमीमांसा ।
दर्शनशास्त्रका शाखाहरु
१) तत्वमीमांसा (Metaphysics)
: तत्व
मिंमाशा भनेको जीवन र जगतको उत्पति र विकासको विषय हो । तत्वको उत्पति, आदि र अन्त्य, तत्व र यसको सन्चालन, तत्व र चेतनाको
सम्बन्ध र प्रभाव लगायतका विषय तत्व मिमांशामा हुन्छ ।
२) ज्ञानमीमांसा (Epistemology)
: ज्ञानमीमांसामा
ज्ञान के हो ? ज्ञानको स्रोत
र प्रक्रिया के हो ? यसको सम्भावना
र सिमा के हुन् ? भन्ने कुराको
अध्ययन हुन्छ ।
३) आचारमीमांसा (Axiology)
: यसले
कुनैपनि तत्व वा विषयको मूल्य र मूल्याङ्कनको प्रकृतिबारे अध्ययन गर्दछ । कुनै
तत्वहरूले परिस्थितिहरूको आन्तरिक मूल्यमा कस्तो योगदान गर्न सक्छ? भन्ने प्रश्न आचारमीमांसाका केन्द्रिय प्रश्नहरु
मध्य एक हो ।
दार्शनिक प्रणालिका तिन तत्व
क) वर्ग पक्षधरता
ख) सिद्धान्त
ग) पद्धति
दर्शनशास्त्रको मूल प्रश्न
१) जगत वोधगम्य छ कि छैन ?
२) पदार्थ र चेतनाको आदि तत्व कुन हो ?
३) जीवन/जगत कसले/ कसरी बनायो ?
दार्शनिक सिद्धान्त
·
अध्यात्मवाद: चेतना प्रमुख भन्ने चिन्तन ।
·
भौतिकवाद: पदार्थ प्रमुख भन्ने चिन्तन ।
·
द्वैतवाद: चिन्तन र सत्ता, आत्मा र प्रकृति, चेतना र पदार्थ दुवै प्रमुख भन्ने चिन्तन ।
·
समन्वयवाद: चिन्तन र सत्ता, आत्मा र प्रकृति, चेतना र पदार्थ बिच समन्वय खोज्ने प्रयास गर्ने चिन्तन ।
·
तटस्थतावाद: भौतिकवाद र अध्यात्मवादबाट तटस्थ
रहने चिन्तन ।
·
अज्ञेयवादी: जान्न सकिदैंन । कान्ट ।
दर्शनशास्त्रको दुई विश्वदृष्टिकोण
दर्शनका जतिसुकै धारा भएपनि अन्तत: तिनीहरु २ दर्शनमा संकेन्द्रण
हुन्छन्, ती हुन् :
१) अध्यात्मवाद / आदर्शवाद / प्रत्ययवाद
२) भौतिकवाद
१) अध्यात्मवाद
·
सृष्टिका लागि चेतना प्रमुख हो र पदार्थ सहायक
मात्र हो ।
·
पदार्थ चेतनाको उपज हो ।
·
आत्मा अमर छ र पुनर्जन्म हुन्छ ।
·
जीवन र जगतलाई बुझ्न सकिदैन ।
·
जीवन र जगत ईश्वरले रचना गरेका हुन् ।
·
ज्ञान ईश्वरबाट प्राप्त हुन्छ ।
रुपहरु
क) व्यक्तिवादी अध्यात्मवाद / आत्मनिष्ठ अध्यात्मवाद
·
व्यक्तिगत आत्मा, मन, संवेदना, संकल्प, अनुभव, विचार आदिलाई
प्राथमिकता ।
·
कर्ता अर्थात् पृथक् व्यक्तिको चेतना द्वारा
जगतको सृजना गरिन्छ । (चेतना 'म' भित्रबाट सुरु भयो)
·
वस्तुहरु सवै सम्वेदना सम्मिश्रण मात्र हुन्, भाव बाहेक अरु केहि यथार्थ होईन ।
·
मानिसले वस्तुगत जगत, प्रकृतिको बोध गर्ने होईन उसले त आफ्नो बिचार, अनुभूतिहरुलाई पो बोध गर्दछ ।
·
वर्कले, फिक्टे, ह्युमन, शंकराचार्य
ख) वस्तुवादी अध्यात्मवाद / वस्तुनिष्ठ आध्यात्मवाद
·
मानिसको आत्मा वा चेतना भन्दा बाहिरको कुनै
सामान्य आत्मा, चेतना वा
ईश्वरको अस्तित्वलाई प्राथमिक मान्नु ।
·
(व्यक्ति भन्दा
बाहिर अस्तित्वमा रहेको) कुनै वस्तुगत चेतनाले जगतको सृष्टि गर्दछ ।
·
विश्व चेतना वा विश्व आत्मा सबै बस्तु र घटनाको
आधार हो ।
·
मानिसले त रहस्यमय "भावना", "ब्रह्मा"
लाई बोध गर्दछ । (मानिसले त्यो चेतना विशेष शक्तिको कारणले गर्दा बुझ्ने क्षमता
पाएको हुन्छ)
·
प्लेटो, जैमिनि, एक्वीनस, हेगेल
२) भौतिकवाद
·
सृष्टिका लागि पदार्थ प्रमुख हो र चेतना दोस्रो
हो ।
·
चेतना पदार्थको उपज हो । चेतना भौतिक पदार्थको
गतिको सर्वोच्च रुप हो ।
·
पदार्थको उपज जीवनको अन्त्य हुन्छ ।
·
जीवन र जगतलाई बुझ्न सकिन्छ ।
·
सिंगो ब्रह्माण्ड पदार्थबाट बनेको छ । मानिसले
ईश्वरको रचना वर्गीय समाजको निर्माण भएपछि गरेको हो ।
·
प्रकृतिका वस्तुहरु अन्तर्सम्बन्धित छन् ।
·
हरेक वस्तु र घटनाहरु गतिशील रहन्छन् ।
·
ज्ञान मानिसको व्यवहारबाट प्राप्त हुन्छ ।
रुपहरु
क) स्वत: स्फुर्त भौतिकवाद / प्राचिन भौतिकवाद
·
प्राचीन भारत, चीन र युनानको दार्शनिक सिद्धान्त स्वत: स्फूर्त भौतिकवाद हो ।
·
स्वत: स्फूर्त भौतिकवादको समृद्ध रुप युनानी
भौतिकवाद हो ।
·
दुखको कारण अदृश्य शक्तिमा छैन भनेर प्रश्न गर्न
थाले पछि स्वत:स्फुर्त भौतिकवादको जन्म भयो ।
ख) यान्त्रिक भौतिकवाद / अधिभौतिकवाद
·
उदयीमान पुँजीपति वर्गको दर्शन यान्त्रिक
भौतिकवाद हो ।
·
मध्ययुगीन सामन्तवादी विश्वदृष्टिकोण र ईश्वर
मीमांस र धर्मदर्शन को विरुद्ध सङ्घर्ष गर्ने क्रममा यान्त्रिक भौतिकवादको विकास
भएको हो ।
·
उनीहरु नयाँको प्रार्दुभाव अथवा गुणात्मक
परिवर्तनलाई अस्तित्वमै भएको कुराको सामान्य पुनारावृतिको रुपमा व्याख्या गर्छन् ।
(जे अस्तित्वमा छ, त्यसैको
मात्रामा मात्र वृद्धि हुन्छ । गुणात्मक रुपले कुनै पनि नयाँ वस्तु वा घटनाको
बिकास हुदैँन ।)
·
आदर्शवादी परिवर्तनको कारण पदार्थ देखी अलग
रहेको स्वतन्त्र र अपरिवर्तनीय शक्तिमा खोज्छन् । यन्त्रवादीहरु परिवर्तनको कारण
पदार्थभित्रै रहेको अपरिवर्तनीय तत्वमा खोज्छन् (विकासको स्रोतका रुपमा आन्तरिक
विरोधाभाषलाई नकार्छन्) ।
·
उनीहरुका अनुसार पदार्थ स्वयं गतिमान छैन ।
त्यसो हो भने यसलाई सुरुमा चलाउन पदार्थ बाहिरको शक्ति चाहिन्छ (संसार बाह्य शक्तिको प्रभावका कारणले अथार्त
अलौकिक शक्तिको कारणले घुम्दछ या चल्दछ) । यसअनुसार समाजको विकास पनि समाजभित्रै
बाट हुन सक्दैन । यस्तो परिवर्तन ल्याउन समाजमा देखिने स्वार्थ बिकारबाट माथि
उठेको ठूलो मानिस चाहिन्छ ।
·
पदार्थको गति वृत्ताकार हुन्छ ।
·
यन्त्रवादले विश्वका सम्पुर्ण चीज एकअर्काबाट
अलग, पूर्ण स्वतन्त्र एकाइ हुन् भन्ने ठान्छ ।
तिनीहरुको मिलन संयोग मात्र हो । 'सम्पुर्ण' भनेको यस्ता 'अलग' भागको योग हो ।
ग) द्वन्द्वात्मक भौतिकवाद
·
यान्त्रिक भौतिकवादको विरुद्धमा सङ्घर्षको
प्रकृयामा द्वन्द्वात्मक भौतिकवादको विकास भएको हो ।
·
द्वन्द्ववाद र भौतिकवादलाई मिलाएर मार्क्स र एङगेल्सले
विकास गरेको भौतिकवाद द्वन्द्वात्मक भौतिकवाद हो ।
·
विश्वका प्रत्येक वस्तु र घटना परस्परमा
सम्बन्धित छन् ।
·
पदार्थबाट चेतनाको निर्धारण हुन्छ र चेतनाले
पदार्थमा प्रभाव पार्दछ ।
·
प्रकृतिको कुनै पनि क्षेत्रमा स्थिरता, गतिहीनता छैन ।
·
संसार पदार्थमा अन्तर्निहित द्वन्द्वात्मक गतिका
कारणले चल्दछ । गतिको स्रोत स्वयम् पदार्थ वा घटनामा रहेको हुन्छ ।
·
विकास वा परिवर्तन साधारणबाट जटिलतिर, तल्लो स्तरबाट माथिल्लो स्तरतर्फ बढ्छ
·
पदार्थको गति आरोही (spiral) हुन्छ ।
दर्शनको पद्धति
·
विश्वको विकास प्रक्रीया र त्यसको नियमहरुको
अध्ययन गर्ने चिन्तन प्रणाली हो ।
·
दर्शनशास्त्रको पद्धति ज्ञान – सिद्धान्तको
प्रश्नसंग अभिन्न रूपमा जोडिएको छ ।
·
दर्शनशास्त्रको इतिहासमा विश्वदृष्टिकोणका दुई
आधारभूत पद्धति पनि रहिआएको छन् १) अधिभूतवाद २) द्वन्दवाद
१) अधिभूतवाद
·
अधिभूतवादको अर्थ भौतिक वस्तुभन्दा पर भन्ने
हुन्छ ।
·
यसले वस्तुभित्रको द्वन्दलाई अस्वीकार गर्दछ ।
·
जीवन र जगतका हर वस्तुहरु स्वतन्त्र र अलगथलग
छन् ।
·
हरेक वस्तु र घटनाहरु स्थीर, अपरिवर्तनशील, शाश्वत् वा नित्य रहन्छन् ।
२) द्वन्दवाद
·
वस्तु अन्तर्गत भन्ने अर्थ हुन्छ ।
·
वस्तु भित्रको द्वन्दवादलाई स्वीकार गर्छ ।
·
सबै वस्तु, घटना र प्रक्रिया अन्तरसम्बन्धित हुन्छन् ।
·
वस्तु, घटना र प्रक्रिया गतिशील र परिवर्तनशिल हुन्छ ।
·
द्वन्दवादले वस्तुभित्र विपरित तत्वबिचको एकता र
सङ्घर्षलाई प्रधान मान्दछ ।
·
यसका अनुसार भौतिक विज्ञानले निर्जिव ठानेका
प्रत्येक वस्तु गतिशील हुन्छन् ।
·
हेगेलका अनुसार कुनै पनि वस्तुमा वाद, प्रतिवाद र संवाद हुन्छ ।
अधिभूतवादको आलोचना
·
वस्तुभित्रको गतिशिलतालाई नस्विकार्ने हो भने
उर्जाको विकास हुने थिएन ।
·
कुनैपनि वस्तुमा परिवर्तन र विकास नहुने हो भने
जीवबिकासको सिद्धान्त लागुहुने थिएन ।
·
यदि वस्तुको मात्र परिवर्तन हुने भए वस्तुको
गुणमा विकास हुने थिएन ।
केही दार्शनिक चिन्तकहरु
पूर्वीय दार्शनिकहरु
·
सांख्य दर्शन: यस दर्शनका प्रवर्तक : महर्षि
कपिलमुनि हुन् । यस दर्शनमा संख्या प्रधान भएकाले सांख्य भनिएको हो । यस दर्शनको
दुखत्रय ( आध्यात्मिक, आधिदैविक र
आधिभौतिक ) दुखबाट प्रभावित छ भन्ने मत रहेको छ ।
· चार्वाक दर्शन: यस दर्शनका प्रवर्तक आचार्य वृहस्पति हुन् । चारु + वाक् (चारु = रमाइला , वाक् = कुरा) । प्रत्यक्ष प्रमाणलाई ठोस मान्दछ । शरिरलाई आत्मा मान्दछ ।
·
बौद्ध दर्शन : यस दर्शनका प्रतिपादक गौतम बुद्ध
हुन् । प्रत्यक्ष र अनुमानलाई यस दर्शनले प्रमाण मान्दछ । यस दर्शनले ईश्वर, आत्मा, अन्धविश्वास, पुन: जन्ममा
विश्वास राख्दैन । तसर्थ अनात्मवादी दर्शन भनिन्छ ।
पश्चिमा दार्शनिकहरु
·
पाइथागोरस (५७०-४९० इशा पुर्व) :संसारका सबै चिज
र घटनाहरुलाई गणितिय शुत्रमा आधारमा बुझ्न सकिन्छ ।
·
एनाक्सिमेनेडर (६१०-५४६): पृथ्वी असत्य हो, पृथ्वी निरन्तर
सिर्जना र विनास भइरहन्छ (आदर्शवादी) ।
·
हिराक्लिटस (५३६-४७०): संसारको मूल तत्व आगो हो
। एउटै नदीमा दुईपटक नुहाउन सकिँदैन (अधिभूतवादी) ।
·
डेमोक्रिट्स (४६०-३७०): परमाणु सिद्धान्त
(स-साना कण मिलेर पदार्थ बन्दछ, जसलाई खाली
आँखाले देख्न सकिँदैन) ।
·
सुकरात (४७०-३९९): निरपेक्ष सत्यका पानी थिए ।
आत्माबाट मात्रै ज्ञान प्राप्त हुन्छ । (आत्मनिष्ठ आदर्शवाद)
·
प्लेटो (४२७-३४७): इन्द्रियको ज्ञान भ्रम हो ।
आत्मा बाट चेतना निर्माण हुन्छ । उनी आदर्श राज्यका पक्षपाती थिए । (आत्मगत
आदर्शवादी)
·
एरिस्टोटल (३८४-३२२): आगमन र निगमन विधिको
प्रयोग । परम् तत्व ईश्वर हो, ईश्वर नै
सृष्टिको आदि र अन्त्य हो । (तर्कशास्त्रीय आदर्शवाद) ।
·
सेन्ट अगष्टिन (३५४-४३०): प्लेटोको विचारलाई
क्रिश्चियन धर्मका रुपमा संश्लेषण। चर्चले ईश्वर र आत्मालाई मिलाउँछ भन्ने विचार
·
सेन्ट थोमस एक्विनस (१२२५-१२७४): क्याथोलिक
धर्मले जे भन्छ, त्यो सत्य हो ।
ईश्वरको जीवित अस्तित्व छ भन्ने विचार । (पोपपन्थी दार्शनिक)
·
ब्रुनो (१५४८-१६००): ईश्वर चर्चमा सिमित छैन, प्रकृति नै ईश्वरको रुप हो, पृथ्वीले सूर्यलाई घुम्छ भन्ने विचार (ब्रुनो) ।
·
जोन लक (१६३२-१७०४): मानिसहरुले आफ्ना
ज्ञानेन्द्रीयहरसबाट ज्ञान प्राप्त गर्दछ । (अनुभववादी दार्शनिक) ।
·
जिन ज्याक रुसो (१७१२-१७७८): प्रकृतितिर फर्क
(ज्ञानको स्रोत प्रकृति हो, संसार भौतिक हो
र ब्रम्हाण्ड भौतिक वस्तुबाट बन्दछ ।)
·
इमानुएल कान्ट (१७२४-१८०४): जीवन र जगत
श्रद्धाका विषय हुन्, आत्मा अमर छ, ईश्वर आवश्यक छ भन्ने विचार (आदर्शवादी
दार्शनिक) । पदार्थको स्वतन्त्र अस्तित्व मान्छन् तर वस्तु जगतलाई जान्न सकिदैन, यो ज्ञेय छैन, अज्ञात छ, रहस्यमय छ
भन्छन् । (आदर्शवादमा आधारित संवनयनवादि दार्शनिक) ।
·
जर्ज हेगेल (१७७०-१८३१): वाद, प्रतिवाद र सम्वादको प्रक्रियामा नै वस्तुको
जीवन अन्तरनिहित छ (द्वन्द्ववादी दार्शनिक) । कान्टको अज्ञेयवादको विरोध गर्छन्, वस्तु भित्रको गतिलाई स्विकार गर्छन् तर
अन्तिममा चेतनाले बस्तुको निर्धारण गर्ने ठाउमा पुग्छन् जसको कारण उनी भौतिकवादी
हुदैनन् ।
·
लुडविग फायरबाख (१८०४-१८७२): मानिस विशुद्ध
अमुर्त व्यक्ति र जैविक सत्ता हो (भौतिकवादी, निरीश्वरवादी दार्शनिक) । भौतिकवादलाई स्विकार्छन्, पदार्थलाई प्राथमिक मान्छन् तर नैतिकताको कुरा
धर्म सङ्ग जोड्छन् र अन्धवादमा फस्छन् त्यसो गर्दा उनले वस्तु भित्रको गतिलाई
स्विकार गर्दैनन्, त्यसकारण
भौतिकवादी हुदा हुदै पनि द्वन्द्ववादी हुन सक्दैनन् ।
·
कार्ल मार्क्स (१८१८-१८८३): मार्क्सवादी दर्शनका
प्रवर्तक । जर्मन दार्शनिक एवं अर्थशास्त्री ।
·
फ्रेडरिक एंगेल्स (१८२०-१८९५): मार्क्सवादी
दर्शनका प्रवर्तक । जर्मन दार्शनिक एवं मार्क्सका अनन्य मित्र ।
केही दर्शनबारे जानकारी
क) चार्वाक/ लोकायत दर्शन
·
चार्वाक ऋषिले निर्माण गरेकाले चार्वाक दर्शन
भनिएको हो ।
·
चार्वाक दर्शनको विकास ईसापूर्व ६०० तिर भएको
अनुमान गरिन्छ तर पनि यसमा मतक्यता छैन ।
·
स्वर्ग, नर्क, पूर्वजन्म, पुनर्जन्म र ईश्वरप्रति विश्वास गर्दैन ।
·
प्रत्यक्ष प्रमाण बाहेक अन्य तर्कलाई स्वीकार
गर्दैन ।
·
पृथ्वी , जल , तेज र वायु चार
तत्त्वबट जीवन र जगत निर्माण भएको छ ।
·
यो भौतिकवादी , प्रत्यक्षवादी र सुखवादी दर्शन हो ।
ख) प्राकृतिक भौतिकवाद
·
प्राकृतिक भौतिकवाद पहिलो भौतिकवादी चिन्तन
प्रणाली हो ।
·
वर्गपूर्वको समाजिक चिन्तन प्रणाली हुनाले आदिम
भौतिकवादी दर्शन पनि भनिन्छ ।
·
ज्ञानेन्द्रीयमा आधारित दर्शन । पदार्थलाई
प्राथमिकतामा राख्ने आदिम विश्व दर्शन हो ।
·
प्राचीन भौतिकवादी दार्शनिकहरू यसैवर्गका
दार्शनिकहरु हुन ।
·
आलोचना →
- भौतिक वस्तुलाई
प्रतिक बनाएर पछि अभौतिक र अलौकिक बाटोमा लाग्नु ।
- प्राकृतिक
भौतिकवाद पछि आदर्शवाद तर्फ लाग्नु ।
ग) हेगेलको आदर्शवादी द्वन्दवाद
· हेगेल (सन् १७७०-१८३१) को जन्म जर्मनीमा भएको
थियो ।
· द्वन्दवादी दार्शनिक
· हेगेलको द्वन्दवादले द्वन्द्वको आधार विचारलाई
मान्दछ ।
· हेगेलले विचार निर्माणको पद्धतिलाइ वाद, प्रतिवाद र संष्लेषण (Thesis-Anti thesis-Synthesis) लाई आफ्नो
व्याख्याको मूल मन्त्र मानेका छन् ।
· हेगेलको विचारमा विवेक नै वास्तविकता हो । उनका
अनुसार विचारले नै समाज र जगतलाई निर्धारण गरेको हुन्छ।
· आलोचना :
- हेगेलको
द्वन्दवाद भाववादमा रुमलिएको थियो ।
- नागरिकले राज्य
विरुद्ध विद्रोह गर्नु अपराध हो ।
- हेगेलको
द्वन्दवाद टाउकोले टेकेर उभिएको छ - मार्क्स
घ) फायरबाखको अधिभूतवादी भौतिकवाद
·
फायरबाख (सन् १८०४- १८७२) को जन्म जर्मनीमा भएको
थियो ।
·
भौतिकवादी दार्शनिक
·
प्रकृति र समाजभन्दा बाहिर कुनै चिज छैन ।
·
पदार्थ नै मुख्य तत्व हो । सत्ता (वस्तु) र
चिन्तन विशेषता हो ।
·
उनका अनुसार हरेक चीजको अस्तित्व स्वतन्त्र र
स्थिर हुन्छ ।
·
आलोचना:
- इन्द्रियग्राह्य
ज्ञानलाई माने तर तर्कसङ्गत ज्ञानमा छलाङ हान्न सकेनन् ।
- भौतिकवादको
ऐतिहासिक रुपले व्याख्या गर्न सकेनन् ।
दर्शनशास्त्रमा मार्क्स र एङ्गेल्स
मार्क्स (१८१८-१८८३)
·
सम्पादक भएको पत्रिका बन्द गर्दै जर्मनीबाट
निकाला गरिए ।
·
फ्रान्स पुगे, त्यहाँबाट पनि निकालिए
·
र लण्डन पुगे
·
लण्डन रहि महत्वपुर्ण कृति लेखे
एङ्गेल्स (१८८०-१८९५)
·
एक उद्योगीका छोरा , बाबुको शेषपछि मालिक
·
समाजवादीका रुपमा आन्दोलनमा संलग्न
·
एक विद्वान, मार्क्सका आर्थिक सहयोगी
मार्क्सका कृतिहरु
·
प्रारम्भिक काल दर्शनशास्त्रमा केन्द्रीत
- Economic and Philosophic Manuscript
(1844)
- Thesis on Feuerbach (1845) etc
·
मध्यकाल राजनितीक शास्त्रमा केन्द्रीत
- कम्युनिष्ट
घोषणापत्र (1848)
·
उत्तरार्द्ध अर्थशास्त्रमा केन्द्रीत
- दास क्यापिटल (1867)
एङ्गेल्सका कृतिहरु
·
The
condition of working class in England (1845)
·
The
German Ideology (A critique of the German Ideology)
·
The
principles of commission (1847)
·
Communist
Manifesto (1848)
·
The Role
(part) played by Labour in the transition from Ape to Man (1876)
·
The
origin of the family, Private property, and the state (1884)
·
Ludwig
Feuerbach and the end of classical German Philosophy (1886)
मार्क्स र एङ्गेल्स प्रभावित भएका विचारधारा
हरु
१) जर्मन दर्शनशास्त्र
·
हेगेलको द्वन्द्ववाद
·
फायरबाखको भौतिकवाद
·
परिणाम: द्वन्द्वात्मक भौतिकवाद
२) तत्कालीन युरोपको औद्योगिक पूँजीवादी अर्थव्यवस्था र ब्रिटिस
राजनितीक अर्थशास्त्र
·
एडम स्मीथ:
- उदारवादी
आर्थिक निती (Laissez-Faire
Economic Policy),
- श्रम विभाजन (Division of Labour),
- मूल्यको
सिद्धान्त (Theory of Value),
- पुँजी संचय (Accumulation of Capital).
·
डेभिड रिकार्डो :
- श्रम र नाफा
सम्बन्धी सिद्धान्त,
- मूल्यको श्रम
सिद्धान्त (Labour Theory of
Value),
- लगान सिद्धान्त
(Ricardian Theory of Rent), ज्याला
सिद्धान्त (Ricardian Theory of
wage).
३) राजनिती: फ्रान्सेली समाजवाद
·
सेन्ट साइमन: द्वन्द्व नभएका वर्गहरुबीचको
समन्वयमा आधारित नयाँ समाज सिर्जना अवश्यम्भावी छ ।
·
चार्ल्स फुरिए: समाजमा शोषण र विभेदको अन्त्य
गर्न र समानता कायम गर्नका लागि धनीहरुले गरिबप्रति उदारभाव राख्नुपर्दछ।
·
रबर्ट ओबेन: शोषण र विभेद रहित छुट्टै समाज
बनाउन सकिन्छ।
मार्क्स, एङ्गेल्सको दर्शन
मार्क्सवाद / मार्क्सवादी दर्शन
Philosophers
have only interpreted the world in different ways, what is crucial however is
to change it.
मार्क्सवादी दर्शनको विकासका पूर्वाधार
१) शास्त्रीय जर्मन दर्शन
२) शास्त्रीय बेलायती अर्थशास्त्र
३) फ्रान्सेली - बेलायती कालपनिक समाजवाद
मार्क्सवादका तीन संघटक अंग
१) दर्शनशास्त्र
(द्वन्द्वात्मक
भौतिकवाद तथा ऐतिहासिक भौतिकवाद)
२) मार्क्सवादी राजनितीक अर्थशास्त्र
(पुँजीवादी
अर्थव्यवस्थाको अध्ययन र शोषणको विश्लेषण । अतिरिक्त मुल्यको सिद्धान्त र समाजवादी
अर्थव्यवस्थाको व्याख्या)
३) वैज्ञानिक समाजवाद
(वर्ग र
वर्गसङ्घर्ष, सर्वहारा
अधिनायकत्व र कम्युनिष्ट समाजको स्थापना)
मार्क्सवादी दर्शनशास्त्र
(द्वन्द्वात्मक
भौतिकवाद तथा ऐतिहासिक भौतिकवाद)
१) द्वन्द्वात्मक भौतिकवाद
· द्वन्दवाद + भौतिकवाद ।
· प्रकृति, समाज र चिन्तन सबैलाई भौतिक आधारमा बुझ्दै तिनको विकास द्वन्द्वात्मक नियमद्वारा हुन्छ भन्ने दार्शनिक प्रणाली । सम्पूर्ण वस्तु तथा प्रक्रियाहरू निरन्तर परिवर्तनशील हुन्छन् र तिनको विकास विरोधी तत्त्वहरूको एकता र संघर्ष को सामान्य नियमबाट अगाडि बढ्छ ।
· गतिशिलता: कुनै पनि वस्तुमा स्थीरता छैन गति छ ।
·
परिवर्तनशिलता: परिवर्तन साधारणबाट जटिलतिर
हुन्छ ।
·
हरेक घटना अन्तरसम्बन्धित हुन्छ ।
अभिव्यक्ति
·
पदार्थ र गति
- हाम्रो चेतना
भन्दा बाहिर अस्तित्वमा रहने र चेतनामा प्रतिबिम्बित हुने वस्तुगत वास्तविकताको
रुपमा रहने वस्तुहरु नै पदार्थ हो । पदार्थको अणुमा इलेक्ट्रोन, न्युट्रोन, पोजिट्रोन जस्ता अनेकौ परमाणुहरु रहेका हुन्छन् ।
- क्षेत्र (Field) लाई पनि
पदार्थको एक रुप मानिन्छ । Eg: विद्युत
चुम्वकिय क्षेत्र,
X-rays, Radio activity etc
- पदार्थमा हुने
द्वन्द्वात्मकताले गति निर्माण गर्दछ ।
- गतिले नै
पदार्थको अस्तित्व निर्धारण गर्दछ
- पदार्थ कहिल्यै
लोप हुदैन फेरि उत्पन्न हुदैँन ।
- गति - निरपेक्ष
(आन्तरिक) र सापेक्ष (बाह्य) हुन्छ ।
- पदार्थको रुपहरु:
ठोस, ग्यास, तरल, प्लाज्मा, …
- गतिको रुपहरु:
यान्त्रिक गति, भौतिक गति, रासायनिक गति, जैविक गति, सामाजिक गति -
वर्ग संघर्ष र परिवर्तन
·
दिक् र काल (Time & Space)
- पदार्थ दिक र
कालमा गतिमान हुन्छ । पदार्थका जतिपनि रुपहरु छन्, तिनको स्थान दिक् र कालमा मात्र हुन्छ ।
- भौतिक वस्तुहरु
गतिवान हुन आवश्यक निश्चित स्थान वा क्षेत्रलाई ओगट्ने सार्वभौम स्वभावलाई बुझाउने
अवधारणा नै दिक् हो ।
- सबै वस्तु र
घटना प्रक्रियाहरु निश्चित अवधिसम्म अस्तित्वमा रहने र लोपहुने क्रमलाई व्यक्त
गर्ने दार्शनिक अवधारणा नै काल हो ।
- दिकको अर्थ
भूगोल वा भूक्षेत्र हो ।
- कालको अर्थ समय
वा इतिहास हो ।
- दिकमा
त्रिआयामिक गति सम्भव छ ।
- कालमा एक
आयामिक गति सम्भव छ ।
- दिक वस्तु र
घटनाको सहअस्तित्व हो ।
- काल वस्तु र
घटनाको अनुक्रम हो ।
- न्युटनले दिक्
र काल फरकफरको हो, दिक् नरहे पनि
काल रहन्छ भनेकाछन् ।
- आइन्सटाइनले
दिक् र काल एकै हो, दिक् नरहे काल
रहन्न भनेका छन् ।
·
भाषा र चेतना
- चेतना पदार्थको
दीर्घकालीन विकासको नतिजा हो ।
- चेतना विकासमा
श्रमको भूमिका हुन्छ ।
- उत्पादनको
दौरान चेतनाद्वारा भाषा र चिन्तनको विकास
हुन्छ ।
नियमहरु
·
विपरित हरु बिच एकता र संघर्ष
- हरेक वस्तु र
घटनामा सकारात्मक पक्ष र नकारात्मक पक्ष, सवल पक्ष र दुर्वल पक्ष दुबै हुन्छन् । अर्को अर्थमा भन्दा विपरित
तत्व हुन्छन् ।
- ती विपरित
तत्वको सङ्घर्ष र एकताले नै उनीहरुको अस्तित्व निर्धारण गर्छ । यही सङ्घर्षलाई नै
अन्तरर्विरोध भन्छन् । उनीहरुको सङ्घर्ष बिना बस्तुको अस्तित्व रहदैन ।
- भौतिक संसारमा
गति नभएको कुनै वस्तु छदैछैन । गति भनेको अन्तर्विरोधकै रुप हो ।
- मेल र वेमेलको
यो अवस्था पदार्थको सर्वव्यापी गुण हो ।
- दुई विपरित
तत्वहरु मध्ये कुनै एउटाको अभावमा पदार्थको अस्तित्व नै रहन सक्दैन । त्यस्तो स्थितिमा
पदार्थमा गुणात्मक परिवर्तन आउँछ र फेरि नयाँ अन्तर्विरोध सुरु भइहाल्छ ।
- परमाणुमा
इलेक्टोन (-) र प्रोटोन (+) बिचको सङ्घर्ष ।
- चुम्कबमा
उत्तरी ध्रुव (N) र दक्षिणी
ध्रुव (S) बिचको सङ्घर्ष
।
- विद्युतमा
धनात्मक र ऋणात्मक बिचको सङ्घर्ष।
·
मात्राबाट रुपमा रुपान्तरण अथवा परिमाण बाट
गुणमा
- विकासको
स्वरुपको व्याख्या
- निरन्तर
परिवर्तन र विकासका कारणले वस्तु अस्तित्वमा रहेका हुन्छन् ।
- मात्रात्मक
परिवर्तन भनेको वस्तुको मात्रा या संख्यामा, ऊर्जाको मात्रामा र सम्वन्ध एवम् अन्तर्विरोधहरूको मात्रामा बृद्धि वा
ह्रास हो ।
- गुणात्मक
रूपान्तरण भनेको एउटा गुण भएको वस्तु वा घटना अर्को गुण भएको वस्तु वा घटनामा
वदलिने कार्य हो ।
- पदार्थमा रहेका
गुणमा परिवर्तन आएपछि स्वयं पदार्थ (वस्तुको रुप) मा परिवर्तन आउँछ । पानि उम्लने
प्रकृयालाई यसको उदाहरण लिन सकिन्छ । पानी सून्य डिग्री सेल्सियसको तापक्रममा जमेर
बरफ बन्दछ भने १०० डिग्री सेल्सियसमा बाफ बन्दछ, ५५० डिग्रीमा प्लाजामा बन्दछ ।
- गुणात्मक
परिवर्तनको निमित्त मात्रात्मक परिवर्तन आवश्यक पर्दछ । विस्तारै हुने परिमाणात्मक
परिवर्तन एउटा निश्चित अवस्थामा पुगेपछि त्यस परिवर्तनको क्रमिकतामा हस्तक्षेप
हुन्छ अर्थात क्रान्तिकारी फड्कोद्वारा परिमाण गुणमा प्रवेश गर्छ ।
·
निषेधको निषेध
- विकासको
दिशालाई इङ्गित गर्ने नियम ।
- यो नियमले
अस्तित्वको पुरानो रूप लोप हुने र नयाँ रूप अस्तित्वमा आउने प्रकृयाको व्याख्या
गर्छ ।
- तीन रुप छन् ।
o
नयाँले पुरानोको स्थान लिनु ।
o
विकासको एउटा अवस्थाले अर्को अवस्थालाई ठाँउ
छाड्नु ।
o
पुरानोबाट नयाँमा सङ्क्रमण हुनु
- निषेध हुदा
पुरानो मूल चरित्रको त्याग हुन्छ र नयाँ मूल चरित्र ग्रहण हुन्छ ।
- बस्तुको
अस्तित्व सुरुवात हुदासाथ निषेधको प्रकृया पनि सुरु हुन्छ । निषेध हुँदा पुराना
प्रतिपक्षहरू लोप हुन्छन् र नयाँ प्रतिपक्षहरू पैदा हुन्छन् ।
- उदाहरणका लागि
: हाम्रो शरिरमा विभिन्न कोशहरु मर्दै, बन्दै, फेरि मर्दै र
बन्दै गर्छन् ।
उपनियम (प्रवर्ग)
हरेक वस्तुमा रहेको दुई विपरित तत्व वा प्रवृतिलाई प्रवर्ग भनिन्छ ।
·
व्यष्टि र समष्टि (Part & Whole) विशेष र आम
- वस्तु वा
घटनाहरुको पृथक् वा विशिष्ट लक्षण एवम् चरित्र नै विशेष वा व्यष्टि हो ।
जस्तै - रुख, मान्छे, घर
- वस्तु वा
घटनाहरुको साझा लक्षण तथा चरित्रको समुच्चय नै आम वा समष्टि हो ।
जस्तै - जंगल, समुदाय, बस्ती
·
सार र रुप (Essence & Appearance)
- सार भनेको कुनै
पनि वस्तुको मूल पक्ष हो, जुन स्थाई
हुन्छ । सर्वमान्य हुन्छ ।
- सारको संरचना
रुप हो । रूप अस्थाइ र परिवर्तशील हुन्छ ।
- सारले आफूलाई
रूपमा प्रस्तुत गर्दछ । रूपले एक समयमा सबै सारको अभिव्यक्ति गर्न सक्दैन । यसले
एक–एक पक्षको क्षणिक अभिव्यक्ति मात्र गर्नसक्छ ।
- एउटै सारको
अनेक रूप हुने भएकाले कुनै पनि वस्तुको सार थाहा पाउन लामो प्रकृया लाग्दछ ।
- सार भनेको कुनै
पनि निश्चित वस्तु वा घटनाको निर्माण गर्ने तत्वहरू र प्रकृयाहरूको समुच्चय हो ।
रूप त्यसको संरचना हो ।
- पुँजीवादी
राज्य सत्ताको सार भनेको पूँजीपती वर्गको अधिनायकत्व नै हो ।
- उपाय (सार), अङ्ग (रुप), उत्पादक शक्ति (सार), उत्पादन
सम्बन्ध (रुप)
·
स्वत्व र घटनाक्रम
- स्वत्व भनेको
वस्तुको प्रमुख आन्तरिक र स्थिर पक्ष हो । यसले स्वभाव निर्धारण गर्दछ ।
- घटना भनेको
स्वत्वको बाहिरी, प्रत्यक्ष
अभिव्यक्ति हो ।
- स्वत्व : विधुत
- घटनाक्रम :
रेडियो, टिभी, पंखा
·
कारण र कार्य (Cause & Effect)
- कारण भनेको
घटना अथवा अन्योन्याश्रित घटनाहरुको समूह हो जुन अन्य घटना भन्दा अगाडि सम्पन्न
हुन्छ र जसले अर्को घटना उत्पन्न गर्दछ ।
- कारणको असरले
जुन घटना उत्पन्न हुन्छ त्यसलाई नै कार्य भनिन्छ ।
- कारण:
उत्पादनका साधन माथीको व्यक्तिगत स्वामित्व
- कार्य: शोषण, बेरोजगारी, वर्ग संघर्ष
·
नियमितता र आकस्मिकता
·
अनिवार्यता र आकस्मिकता
·
आवश्यकता र संयोग
- ती घटनाहरु जुन
निश्चित अवस्थामा अनिवार्य रुपले घट्दछ त्यसलाई नै अनिवार्यता (आवश्यकता) भनिन्छ ।
- निश्चित अवस्थामा
कुनै घटना घट्न पनि सक्छ नघट्न पनि सक्छ, त्यसैलाई आकस्मिकता (संयोग) भनिन्छ ।
- आवश्यकता बिना
संयोग हुदैँन । त्यसैले संयोगलाई नियमित आकस्मिकता भनिन्छ ।
- संयोगले
नियमितता भित्रै आफूलाई अभिव्यक्त गर्दछ ।
·
सम्भावना र वास्तविकता (Possibility & Reality)
- नयाँ उत्पतिको
निमित्त वर्तमानमा विद्यमान रहेका तत्कालीन पूर्वाधारहरु लाई सम्भाव्यता भनिन्छ ।
- सम्भाव्यताको
कार्यान्वयन वा यथार्थीकरण नै वास्तविकता हो ।
·
निश्चितता र अनन्तता (Finiteness & Infinity)
- एउटै बस्तुका
छुट्टाछुट्टै रुपहरु हुन् ।
- यो
ब्रह्माण्डमा अनगिन्ती कुराहरु छन्, यसका प्रकृियाहरु अनन्त ढङ्गले चलिरहेका छन्, त्यसैले यो अनन्त छ । तर यो ब्रहमाण्ड निश्चित
कुराहरुले बनेको छ, त्यसैले यो
निश्चित पनि छ ।
- यी दुई बिचमा
द्वन्द्वात्मक सम्बन्ध रहेको छ ।
·
मात्रा र गुण
- वस्तु पहिला
गुणको रुपमा देखा पर्दछ । अनि गुणले अनिवार्य मात्राको अपेक्षा गर्दछ । निश्चित
मात्रात्मक परिवर्तन सङ्गै गुणात्मक परिवर्तनमा फड्को मार्छ ।
- जुन स्वभावले
वस्तुलाई अन्य वस्तुहरूबाट अलग्याएको हुन्छ, अन्य अनगिन्ति वस्तुहरूबाट छुट्याएको हुन्छ, त्यसैलाई गुण भनिन्छ ।
- जुन कुरा
वस्तुमा थप या घट हुने कुराले उक्त वस्तुको गुणात्मक परिवर्तन आउँदैन । खाली
वस्तुको आकार, आयतन र स्थरमा
मात्र परिवर्तन आउछ, त्यो मात्र हो
।
- स्वभावहरूमा नै
वस्तुको गुणको अभिव्यक्ति पाइन्छ । स्वभावले एउटा पक्षको उद्घाटन गर्दछ तर गुणले
समष्टिगत रूपमा वस्तुको परिचय दिन्छ ।
- मात्रामा हुने
परिवर्तनले निश्चित हदसम्म वस्तुमा कुनै स्पष्ट परिवर्त भएको देखिँदैन तर गुणमा
हुने परिवर्तनले वस्तुमा नै परिवर्तन भई नयाँ वस्तु निर्माण हुन्छ । कुनै वस्तु र
घटनाको गुण बराबरको मात्रा पुग्यो भने उक्त वस्तु/घटनामा गुणात्मक परिवर्तन आउँछ ।
·
सकार र नकार
·
विश्लेषण र संश्लेषण
२) ऐतिहासिक भौतिकवाद
·
इतिहासको भौतिकवादी अध्ययन, विश्लेषण र व्याख्या गर्ने दार्शनीक प्रणाली ।
·
समाज विकासको गति भौतिक तत्वहरुवीचको एकता र
संघर्षको सामान्य नियमद्वारा अगाडि बढ्छ भन्ने दार्शनिक दृष्टिकोण ।
·
यसले जसरी भौतिक विज्ञान निश्चित पद्धतिका
आधारमा चल्दछ, त्यसरी नै मानव
समाजको इतिहास, वर्तमान तथा
भविष्य पनि निश्चित नियमहरुको आधारमा चल्दछ भन्ने मान्यता राख्दछ ।
·
हरेक वस्तुको विकास वा विनासको आन्तरिक कारण
प्रधान हुन्छ र वाह्य कारण सहायक हुन्छ ।
सामाजिक क्रान्तिमा पनि निर्णायक तत्व समाजभित्र विद्यमान गतिशिलता हो भने वाह्य
प्रभाव उत्प्रेरक वा सहयोगी भूमिका मात्र खेल्छ ।
ऐतिहासिक भौतिकवादको मान्यता
·
तथ्यपरक तथा बैज्ञानिक दृष्टिकोण
·
द्वन्द्वात्मक पद्दति
·
समाजको बर्तुलाकार (Spiral) विकास
ऐतिहासिक भौतिकवादको नियम
·
सामाजिक सत्ता र सामाजिक चेतना
- अस्तित्वद्वारा
चेतनाको निर्धारण हुन्छ
·
उत्पादक शक्ति र उत्पादन सम्बन्ध
- भौतिक
उत्पादनको निर्णायक भूमिका हुन्छ ।
·
आधार र उपरिसंरचना / आधार र आद्येय
- आधार अनुरूपको
संरचना हुन्छ ।
- भौतिक उत्पादन
प्रणालीले मानव जीवनको सामाजिक, राजनैतिक तथा
आध्यात्मिक जीवनको सामान्य स्वरुपको निर्धारण गर्दछ । - मार्क्स
·
वर्ग सङ्घर्षको सिद्धान्त
- वर्गीय समाज
परिवर्तनको मूल सम्बाहक वर्ग संघर्ष हो ।
- इतिहासका
निर्माता श्रमजीवी जनता हुन् ।
ऐतिहासिक भौतिकवादको विषयवस्तु
·
इतिहास
·
समाज
·
मानव जाति
·
राज्य सत्ता
(सिद्धान्त, पद्दती र प्रवर्गका आधारमा अध्ययन / विश्लेषण)
·
इतिहास
हरेक युग सामाजिक उत्पादन पद्धतिका आधारमा निर्धारण हुन्छ । उत्पादक
शक्ति र उत्पादन सम्बन्धको एकीकृत रुप नै उत्पादन पद्धति हो । उत्पादक शक्ति
गतिशील हुन्छ र उत्पादन सम्बन्ध स्थिर हुन्छ। यिनीहरु बीचको अन्तरविरोधका कारण
पुरानो युगको अन्त्य र नयाँ युगको उदय हुन्छ ।
·
समाज
(समाज विकासका
चरणहरु)
१. आदिम साम्यवादी समाज
- इ.पू. ८०००
सम्म
- कबिला
- प्राकृतिक
भौतिकवादी दर्शन
- प्राचिन
वर्गहिन सामुहिक स्वामित्वमा आधारित उत्पादन सम्बन्ध
- उत्पादनका
साधन: काठ तथा ढुङ्गाका औजार, आगो, धनुर्वाण, माटाका भाडा,
- उत्तरावस्थामा
पशुपालन तथा कृषि प्रणालीको सुरुवात
२. दास युगिन समाज
- दास मालिक र
दासहरु
- बहुदेवतावादी
दर्शन
- निजी सम्पतिको
उत्पति तथा विकास
- वर्ग : शासित
दास र शासक दास मालिक
- उत्पादक शक्ति:
दास
३. सामन्तवादी समाज
- भू-स्वामी, सामन्त र किसान
- एकेश्वरवादी
दर्शन
- सामाजिक
संरचनामा सबै भन्दा माथी राजा रजौटा, त्यसपछि सामन्त र अन्त्यमा किसान
- वर्ग: शासित
किसान र शासक सामन्त (भूमिपति)
- उत्पादक शक्ति:
किसान
४. पुँजीवादी समाज
- १५ औँ शताब्दी
देखि सुरुभएता पनि १८ औँ शताब्दीको औद्योगिक क्रान्तिले उत्कर्ष प्रदान ।
- यान्त्रिक
भौतिकवादी दर्शन
- वर्ग: पुँजीपति
र सर्वहारा (मजदुर)
- उत्पादक शक्ति:
ज्यालादारी मजदुर
५. समाजवादी समाज
- शासक वर्ग:
मजदुर
- द्वन्द्वात्मक
भौतिकवादी दर्शन
- सर्वहारा
वर्गको अधिनायकत्व
- उत्पादनका साधन
माथी सामाजिक स्वामित्व
- क्षमता अनुसार
काम, काम अनुसार दाम
६. साम्यवादी समाज
- समाज विकासको
अन्तिम चरण
- वर्गहिन समाज
- राज्यको
विलोपिकरण
- शोषण विहिन
उत्पादन सम्बन्ध
·
मानव जाती
- सबभन्दा पहिले
एककोषीय जीव देखापर्यो र त्यसपछि क्रमश: बहुकोषीय, अरीडधारी, रीडधारी, उभयचर, स्थलचर, अण्डज, स्तनधारी, उद्ग्रचारी हुदै अन्तमा मानिसको आविर्भाव भयो ।
- स्तनधारी
प्राइमेटरु मध्यबाट ठाडो तर कुप्रो भएर खुट्टाले हिड्न सक्ने तथा टेक्ने कामबाट
मुक्त हात र अरु प्राणीकोभन्दा विकसित् मस्तिष्क भएको एक प्राणी विकसित भयो । त्यस
आदि मानवलाई अष्ट्रेलोपिथेकस भन्ने नाम दिईएको छ । यस्तो खालको प्राणी आजभन्दा २०
देखि ४० लाख वर्ष पहिले अफ्रिका र दक्षिण पूर्वी एसियाका विभिन्न क्षेत्रमा विचरण
गर्दथ्यो भन्ने तथ्यहरु पाइएका छन् ।
- कार्ल
मार्क्सको विश्लेषणमा अरु प्राणी र मानिस बीचको मूल भिन्नता हो - औजार निर्माण
कार्य । अष्ट्रेलोपिथेकस औजार निर्माणको तहमा पुगिसकेको थिएन तर पनि उ औजार
निर्माण गर्ने हात र अनुभव हासिल गरेर सँगाली राख्ने मस्तिष्कको मालिक बनिसकेको
थियो । त्यही अवस्थाबाट मानिसले औजार निर्माणको अभ्यास सुरु गर्यो ।
- आजभन्दा २ देखि
२० लाख वर्ष पूर्वको अवधिमा जिन्जान्थ्रोपस, सिनान्थ्रोपस र पिथेकान्थ्रोपस आदि नामका औजार निर्माता मानव
प्रजातिहरुको विकास भयो । त्यसै अवधिमा आगोको प्रयोग तथा सरलतम बोली र भाषाको पनि
विकास भयो ।
- आजभन्दा करिब
४० देखि २० हजार वर्ष पहिले आधुनिक मानव (होमो सेपियन्स) को विकास भयो । त्यहि
अवधिमा मानिस सामुदायिक जीवनको तहमा आइपुग्यो र उसले सामूहिक चिन्तन पनि गर्न
थाल्यो ।
- "सबैभन्दा पहिले
त सम्भवत: आफ्नो जीवनविधिले गर्दा ( किनभने रुख चढ्दा हात र खुट्टाको काममा अन्तर
हुन्छ ) ती बाँदरहरुले जमिनमा हिड्दा हातको प्रयोग गर्न छोडे र अधिकाधिक मात्रामा
ठाडो भएर हिड्न सिके । बाँदरबाट मानिसमा संक्रमणको लागि यो निर्णायक पाईला थियो
।" उनका अनुसार आदिम मानवले रुखमा
कन्दमूल हरु टिपेर खान्थ्यो, पछि क्रमश:
ढुंगा र काठका औजारहरु प्रयोग गर्न थाल्यो । यसरी बाँदर जब जीवनवृतिका क्रममा
श्रममा सहभागी भयो, तब नै मानिस
बाँदरबाट विकसित हुँदै आजको युगसम्म आइपुगेको हो ।
(एंगेल्स, 'बाँदरबाट
मानिसमा परिणति को प्रक्रियामा श्रमको भूमिका' बाट)
·
मानव प्रजातिबारे वर्गीकरण
१. होमो हाबिलिस - ढुङ्गे युगको मानव प्रजाति
२. होमो इरेक्टस - सिधा उभिने मान्छे
३. होमो फलोरिएन्सिस
४. होमो निएन्डरथालेन्सिस
५. डेनिसोभन्स
६. होमो सेपियन्स
मानव जातिको आजसम्मको (आदिम साम्यवादी युग पछिको) सम्पुर्ण इतिहास वर्गसंघर्षको इतिहास हो ।
·
राज्य सत्ता
- एङ्गेल्सका
अनुसार - निजी सम्पतिको संरक्षणको आवश्यकताले नै सेना, धर्म, कानुन लगायतका अवधारणा अगाडि आए ।
- निजी सम्पतिको
संरक्षणको आवश्यकताद्वारा नै आधुनिक
राज्यसत्ताको विकास भएको हो । साम्यवादी युगमा सामुदायिक उत्पादन पद्दतिमा निजी
सम्पति र वर्ग विलोप भएर जाने भएकाले, त्यो सामाजिक चरणमा राज्यसत्ताकै औचित्यता समाप्त भएर जानेछ ।
- वर्गसमाजको उदयपुर्व समाज गोत्र र गणपतिको सभाद्वारा सन्चालित हुन्थ्यो, जसलाई विदथ भनिन्थ्यो ।
·
वर्ग र वर्ग पक्षधरता
- निजी सम्पतिको
प्रचलन भन्दा पूर्वको आदिम साम्यवादी समाजमा वर्ग थिएन । जे थियो सामुहिक थियो ।
मानिस जंगली युगमा आ-आफ्नो कविलामा बस्दथे । स्वामित्व लगायतका प्रश्नले मानिसलाई
सामुहिक बसोवासबाट निजी पारिवारिक बसोबास तर्फ अगाडि बढायो । यसले उत्पादन
प्रणालीमा परिवर्तन ल्याई दियो । फलस्वरुप वर्गको उत्पति भयो ।
- वर्ग निर्माणको
आधार : १. उत्पादनका साधनहरुमाथिको स्वामित्व २. श्रम व्यवस्थापनमा मानिसको
भूमिका ३. प्राप्त गर्ने सम्पतिको हिस्सेदारी ४. सामाजिक प्रभाव र हैसियत
- वर्गहरुको
बीचमा आर्थिक, राजनैतिक तथा
विचारधारात्मक क्षेत्रमा सन्चालित हुने सबैप्रकारका संघर्षहरु को एकिकृत रुपलाई
वर्ग सङ्घर्ष भनिन्छ ।
- वर्गीय शोषण र
दमन नै वर्ग संघर्षको कारक हो । वर्ग संघर्षले मानिसले मानिस माथी गर्ने सबै
प्रकारका शोषणको अन्त्य गर्दछ ।
- वर्गसमाजमा
विभिन्न वर्गका स्वार्थहरू टक्कराउँदछन् र ती भिन्न विचारहरूका रूपमा प्रतिबिम्ब
बन्न पुग्दछन् । ती भिन्न विचारहरूको आधारशिलामा विभिन्न विश्वदृष्टिकोणहरूको
निर्माण हुन्छ ।
- हरेक दर्शनले
आफ्नो वर्गहित , विचार र
राजनीतिक उद्श्येको सेवा गर्दछ । वर्गसमाजमा दर्शनको चरित्र वर्गीय हुन्छ ।
- युरोपमा
मध्ययुगको अन्त्यतिर आदर्शवाद र भौतिकवादबीच जुन जुन संघर्ष चल्यो त्यो मरणशील
सामन्तवाद र उदीयमान पुँजीपतिवर्गमा बीचको वर्गसंघर्षको अभिव्यक्ति थियो ।
- शास्त्रको
इतिहासमा भौतिकवाद र आदर्शवाद तथा द्धन्दवाद र अधिभुतवाद बिच जुन संघर्ष चल्दै
आएको छ ,त्यो यसै वर्गीय वैचारीक संघर्षको प्रतिवीम्वन
हो ।
- आज सम्मको मानव इतिहास वर्ग संघर्षको इतिहास हो । - कम्युनिस्ट घोषणापत्र
"जसरी दर्शनले सर्वहारावर्गमा आफ्नो भौतिक हतियार भेटाउछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ ।” - मार्क्स
ज्ञान सिद्धान्त
·
ज्ञानका स्रोतहरु
- उत्पादनको
निम्ति सङ्घर्ष
- वर्ग सङ्घर्ष
- वैज्ञानिक प्रयोग
·
ज्ञानका दुई छलाङ र तीन चरणको सिद्धान्त
- सिद्धान्तबाट
व्यवहारमा जानु ।
- व्यवहारबाट सिद्धान्तमा छलाङ हान्नु ।
- इन्द्रियग्राह्य
अर्थात प्रत्यक्ष ज्ञानको चरण
- बृद्धिसंगत
ज्ञानको चरण
- व्यवहारिक प्रयोगको चरण
·
ज्ञान सिद्धान्तको विधि
- निरीक्षण र
प्रयोग
- निगमका र आगमन
- मूर्त र अमूर्त
- ऐतिहासिक र
तार्किक
- विश्लेषण र संश्लेषण
·
सही विचार कहाँबाट आउँछ ?
माओत्सेतुङका अनुसार दर्शन पहाडबाट जन्मिन्छ, झुपडिबाट जन्मिन्छ । अघाएकाहरुबाट मानव जातिको दर्शन विकास हुन सक्दैनन, किनकि यो उत्पादन पद्धतिको आवश्यकताको उपज हो । व्यवहारबाट प्रमाणित भएको ज्ञान मात्र वास्तविक अर्थमा सही हुन सक्छ
·
उद्गमन र निगमन (Induction & Deduction)
- विशेष घटनाबाट
सामान्य निश्कर्षतिर विचारगतिको प्रक्रियालाई उद्गमन भनिन्छ ।
- Specific examples to general principles
- जस्तै:
फोक्सोको क्यान्सरको कारण चुरोट
- सामान्यबाट
विशेषतिर बिचार गतिको प्रक्रियालाई निगमन भनिन्छ ।
- general principles to specific cases
- जस्तै: चुरोटको कारण फोक्सोको क्यान्सर
दर्शन सम्बन्धी पुस्तकहरु
·
मार्क्सवाद चिनारी - कृष्णदास श्रेष्ठ
·
मार्क्सवाद को पहिलो पुस्तक - भरतमोहन अधिकारी
·
दर्शनशास्त्र परिचय- बेदुराम भुसाल
·
मार्क्सवादी दर्शन - मोहन वैद्य
·
दर्शनको दरिद्रता - मार्क्स
·
ड्युहरिङ मतखण्डन - एंगेल्स
·
पेरिस कम्युन (फ्रान्स गृहयुद्ध) र गोथा
कार्यक्रमको आलोचना - मार्क्स
·
प्रकृतिको द्धन्द्धात्मकता - एंगेल्स
·
परिवार, नीजि सम्पत्ति र राज्यको उत्पत्ति- एंगेल्स
·
मानव समाज - सांस्कृत्यायन
·
दर्शनशास्त्रको प्रारम्भिक ज्ञान - भिक्टर
आफानास्योभ
·
दर्शनबारे पाँच कृति – माओ
·
हिमाली दर्शन - मोहन वैद्य
·
पूर्विय दर्शन- भक्त राई
·
प्राकृतिक भौतिककवाद - गोपीरमण उपाध्याय
·
पेमा लामा प्रश्नोत्तर - मोहनविक्रम सिहं
·
मार्क्सवादको मुल सिद्धान्त :– जनेश्वर बर्मा
·
मार्क्सवादी दर्शन (सिद्धान्त र प्रयोग) -
रामराज रेग्मी
·
वैदिक साम्यवाद र वैज्ञानिक समाजवादको तुलात्मक
अध्ययन- गोपिरमण उपाध्याय
राजनीतिक अर्थशास्त्र
राजनीतिक अर्थशास्त्र
·
ग्रीक शब्द "politikos" बाट राजनिती, "oikonomia" बाट
अर्थशास्त्र बनेको हो जसको अर्थ क्रमश: "समाज वा राज्य" र "घरेलु
प्रवन्ध वा व्यवस्थापन" भन्ने हो ।
·
सामन्य दष्टिकोणमा राजनीतिक अर्थशास्त्र एउटा
विज्ञान हो जसले वस्तुको उत्पादन, वितरण, विनिमय र उपभोग प्रकृयामा मानिसहरुको सम्बन्धका
बारेमा अध्ययन गर्छ ।
·
मार्शलको पालादेखी "राजनितीक
अर्थशास्त्र" लाई नव-शास्त्रीय अर्थशास्त्रीहरुले "अर्थशास्त्र"
मात्र भन्न थाले ।
·
मार्क्सवादी दृष्टिकोण अनुसार कुनै पनि समाजको
उत्पादन पद्धतिको राजनीतिक कोणबाट विश्लेषण गर्ने चिन्तन प्रणाली नै राजनीतिक
अर्थशास्त्र हो ।
·
पूर्विय समाजमा कौटिल्यले पहिलोपल्ट
अर्थशास्त्रको मान्यता अघि सारे जसलाई "कौटिल्य अर्थशास्त्र" का नामले
चिनिन्छ ।
विचारधारा
·
The
Classical school: The market keeps all producers alert through the competition,
so leave it alone.
·
The
Neoclassical School: Individuals know what they are doing, so leave them alone-
except when market malfunction.
·
The
Marxist School: Capitalism is a powerful vehicle for economic progress, but it
will collapse, as private property ownership becomes an obstacle to further
progress.
·
Developmentalist
Tradition: Backward economies can't develop if they leave things entirely to
the market.
·
The
Austrian School: No one knows enough, so leave everyone alone.
·
The
(Neo-) Schumpeterian School: Capitalism is a powerful vehicle of economic
progress, but it will atrophy, as firms become larger and more bubureaucratic.
·
The
Keynesian School: What is good for individuals may not be good for the whole economy
·
The
Institutionalist School: Individuals are products of their society, even though
they may change its rules.
·
The
Behaviouralist School: We are not smart enough, so we need to deliberately
constrain our own freedom of choice through rule.
(Reference: Ha- Joon Chang)
केहि अर्थशास्त्री
·
William
Petty
·
Adam
Smith
·
Thomas
Robert Malthus
·
J.B. Say
·
David
Ricardo
·
Karl
Marx
·
Alfred
Marshall
·
Joan
Robinson
·
John
Maynard Keynes
·
Joseph
Schumpeter
·
Friedrich
Hayek
·
Milton
Friedman
केही पोस्ट-केन्सीयन अर्थशास्त्रीहरू
·
Joan Robinson
– central figure; imperfect competition, capital theory, growth
·
Nicholas
Kaldor – growth theory, income distribution, cumulative causation
·
Michał Kalecki
– profits, effective demand, political
economy (often paired with Keynes)
·
Piero
Sraffa – foundations of Post-Keynesian price and distribution theory
·
Hyman
Minsky – financial instability hypothesis (“stability is destabilizing”)
मूल्य
क) उपयोग मूल्य : वस्तुमा रहेको मानिसको आवश्यकता पूरा गर्न
सक्ने उपयोगी गुण भएको वस्तुको मूल्य नै उपयोग मूल्य हो ।
ख) विनिमय र बजार मुल्य : कुनैपनि वस्तुको सट्टामा अर्को वस्तु विनिमय
गर्न सकिन्छ भने त्यो विनिमय मूल्य हो । मुद्राको आधारमा बजारमा किनबेच गर्दा
प्राप्त हुने मूल्यलाई बजार मूल्य भनिन्छ ।
अर्शशास्त्रको मूल्य सिद्धान्त
·
कुनै पनि वस्तु उत्पादन गर्दा त्यसमा लाग्ने
श्रमको मात्राले वस्तुको मूल्य निर्धारण गर्दछ भने सिद्धान्त मूल्यको श्रम
सिद्धान्त (Labour Theory of
Value) हो ।
·
कुनै पनि वस्तुको मूल्य त्यस वस्तुको उत्पादनमा
लाग्ने ज्याला, भूमिपतिलाई
तिरिने लगानी र त्यस वस्तुको बिक्रिमा राखिएको नाफा जस्ता कुराले वस्तुको दाम
निर्धारण गर्दछ भनेर मान्नु उत्पादन-लागत (Cost of Production Theory of Value) हो ।
(क) एडम स्मिथ
·
आर्थिक मामिलामा राज्यको हस्तक्षेप हुनुहुँदैन ।
उनले सरकारका लागि तिनवटा मात्रै काम छुट्याएका छन् ।
·
पुँजी (capital) लाई स्मिथले सञ्चय (stock) भन्छन् ।
·
माग र पूर्ति (Demand & Supply) को नियमरुपी अदृश्य हात (Invisible hand) ले
अर्थव्यवस्थालाई जहिले पनि सन्तुलनमा राख्छ ।
·
प्रत्येक व्यक्ति आर्थिक मानिस हो, उसले आफ्नो हित आफै सोच्छ र त्यसका लागि प्रयास
गर्दछ भने सिङ्गै समाजको हित आफै भईहाल्छ ।
·
स्मिथले मानव जिवनमा विनिमय (Exchange) को प्रवेश
भएपछि नै श्रम विभाजन (Division
of Labour) भएको बताएका छन् ।
·
स्मिथले उत्पादक र अनुत्पादक (Productive & Non-productive) गरि श्रमलाई
दुई भागमा बाँडेका छन् ।
·
उत्पादक श्रम = औद्योगिक उत्पादनमा प्रयोग हुने
श्रम ।
·
अनुत्पादक श्रम = सेवाक्षेत्रमा प्रयोग हुने
श्रम ।
·
स्मिथले दुई प्रकारका मूल्यहरुको चर्चा गरेका
छन् - उपयोग मूल्य (Utility
value) र विनिमय मूल्य (Exchange
Value) ।
·
किन कुनै वस्तुको उपयोग मूल्य शून्य भएर पनि
विनिमय मूल्य धेरै हुन्छ भन्ने प्रश्न समाधान गर्न नसकेका कारण स्मिथले मूल्यको
श्रम सिद्धान्त (Labour
Theory of Value) लाइ पूर्णता दिन सकेनन् । (Water-Diamond Paradox)
·
उनले, एकातिर कुनै वस्तु प्राप्त गर्दा लाग्ने श्रमको मात्राले नै मूल्य
निर्धारण गर्दछ भन्छन् भने अर्कोतिर ज्याला, लगानी र नाफा गरी तीनवटा कुराले वस्तुको दाम तय गर्ने बताउँछन् । यसरी
स्मिथ दुईवटा सिद्धान्तमा अल्मलिन पुगेका देखिन्छन् ।
·
स्मिथको पुस्तकमा अस्पष्ट ढङ्गले भएपनि अतिरिक्त
मूल्य (Surplus value) को चर्चा
गरिएको छ । उनी पुँजीपतिले जति लगानी गरेको हो त्यति मात्रै फिर्ता पाउने हो भने
पुँजीपतिले लगानी नै गर्दैन भन्छन् ।
·
स्मिथले मालको दाम (Price of Commodity i.e.माल किन्दा
तिर्नुपर्ने रुपैंयाँ वा पैसा) लाई दुई
भागमा बाँडेका छन् । प्राकृतिक दाम (Natural Price) र बजार दाम (Market Price) ।
·
प्रकृतिक वा स्वभाविक मूल्य स्थिर हुन्छ । मालको
बजार मूल्य वा दाम सम्बन्धित मालको माग र पुर्ति द्वारा निर्धारित (तय) हुन्छ (Demand and Supply Theory of Price) ।
(ख) डेभिड
रिकार्डो
·
जमिनको उत्पादन स्तर एउटै हुँदैनन । लगान भनेको
असल जमिन र कमसल जमिनबिच हुने उत्पादनको अन्तर हो ।
·
उनको बिचारमा, लगाउनले मूल्य सिर्जना गर्नमा अलिकति पनि योगदान दिदैँन बरु लगान
मूल्यमाथी पुर्णत: आश्रित हुन्छ ।
·
मूल्यबारे तर्कना गर्दा रिकार्डो पुँजी वा
त्यसको नाफाका बारेमा पनि समय खर्च गर्दैनन् । उनको विचारमा पुँजी भनेको हिजोको
श्रम अथवा सञ्चित श्रमको मूल्य हो ।
·
मूल्यको सिद्धान्त बारे घोत्लिदा रिकार्डोले वस्तुको
उपयोगिता वा उपयोग मूल्य छोडिदिन्छन् । उनको विचारमा वस्तुमा उपयोगिता हुनैपर्छ तर
उपयोगिताले मूल्य निर्धारण गर्दैन ।
·
कुनै पनि प्राकृतिक वस्तुमा लाग्ने मानवीय
श्रमले नै मालको मूल्य निर्धारण गर्छ ।
·
(मार्क्सले
रिकार्डोको मूल्य सिद्धान्तलाई प्रगतिशिल भनेका छन्।)
·
श्रमको बजार मूल्य श्रमिकको त्यो ज्याला हो, जुन कामको दौरान चुक्ता गरिन्छ ।
·
नाफा र पूँजीको कारण वस्तुको विनिमय मूल्य
प्रभावित हुँदैन ।
·
Note: रिकार्डोले
श्रमबाहेक अरु कुरालाई मूल्यको स्रोत बनाउन पनि सकेनन् तथा श्रमलाई मूल्यको स्रोत
होईन भन्न पनि सकेनन् । त्यसपछि उनले भनिदिए मालको मूल्य त्यसमा लाग्ने श्रम र
त्यस वस्तुको अभाव द्वारा तय हुन्छ ।
(ग) मार्क्स
·
श्रम विभाजन (Division of Labour) का कारणले नै विनिमय (Exchange) जन्मिएको हो भनेर स्मिथका धारणालाई खण्डमा गरेका
छन् ।
·
कुनै पनि प्राकृतिक वस्तुमा मानिसले गर्ने
श्रमले मालको मूल्य निर्धारण गर्दछ । तर, पुँजीपतिले श्रमको पुरा मूल्य नदिएर त्यसबाट नाफा निकाल्छ । अतिरिक्त
मूल्यको सिद्धान्त यही मूल्य सिद्धान्तमा आधारित छ ।
(घ) नवशास्त्रीय
अर्थशास्त्री
·
मालको माग र पूर्तिले मूल्य निर्धारण गर्छ ।
· सम्भावित उपभोक्ताले उत्पादनको कति महत्व आवश्यक ठान्छ त्यसले पनि मुल्य निर्धारण हुन्छ, उत्पादन गर्न गाह्रो हुने माल बहुमुल्य हुन्छ भन्ने छैन।
मार्क्स को पूँजी
Volume
I: The Process of Production of Capital
Part 1: Commodities
and Money
Part 2: Transformation
of Money into Capital
Part 3: The
Production of Absolute Surplus-Value
Part 4: Production
of Relative Surplus-Value
Part 5: Production
of Absolute and Relative Surplus-Value
Part 6: Wages
Part 7: The
Accumulation of Capital
Part 8: Primitive
Accumulation
Volume
II: The Process of Circulation of Capital
Part 1: The
Metamorphoses of Capital and their Circuits
Part 2: The
Turnover of Capital
Part 3: The
Reproduction and Circulation of the Aggregate Social Capital
Volume
III: The Process of Capitalist Production as a Whole
Part 1: The
Conversion of Surplus-Value into Profit and of the Rate of Surplus-Value into
the Rate of Profit
Part 2: Conversion
of Profit into Average Profit
Part 3: The Law of
the Tendency of the Rate of Profit to Fall
Part 4: Conversion
of Commodity-Capital and Money-Capital into Commercial Capital and Money-Dealing
Capital (Merchant's Capital)
Part 5: Division of
Profit into Interest and Profit of Enterprise. Interest-Bearing Capital
Part 6:
Transformation of Surplus-Profit into Ground-Rent
Part 7: Revenues and their Sources
Theories
of Surplus-Value [Volume IV of Capital]
Part I
Part II
Part III
माल (Commodity)
·
अर्को वस्तुसँग साट्ने र बेच्ने उदेश्यले तयार
गरिएको भौतिक वस्तु (आफ्नो घर वा समुदायको प्रयोगको लागि उत्पादन गरिएको होईन) ।
वस्तु माल हुनका लागि आवश्यक गुण
१) त्यस वस्तुमा मानवीय श्रम खर्च भएको
२) निश्चित आवश्यकता पूर्ति गर्ने गुण भएको
३) विनिमयको क्षमता भएको
४) समाजमा श्रम विभाजन भएको
माल उत्पादनका दुई किसिम
१) साधारण माल उत्पादन (C-M-C)
·
किनबेच वा साटासाट को उदेश्य आवश्यकता पूर्ति मात्र
हुदा ।
·
मालबाट अर्को माल साटियो(मा → मा) वा माललाई
मुद्रामा बेचेर फेरि माल नै किनियो
(मा → मु→ मा)
·
ज्यालादारी श्रम प्रयोग हुदैन
(उत्पादक स्वयम्
आफ्नो उत्पादनको मालिक)
·
साधारण श्रम विभाजन
२) विस्तारित वा पुँजीवादी माल उत्पादन (M-C-M)
·
सुरुमा मुद्रा लगानी गरेर माल उत्पादन गर्ने र
त्यसलाई बेचेर अरु बढि मुद्रा आर्जन गर्ने ।
'मु → मा → मु'
·
श्रमिकले ज्याला मात्र पाउछ
·
जटिल श्रम विभाजन
श्रम
·
व्यक्तिगत र सामाजिक श्रम - कुनै एउटै व्यक्तिले उत्पादन गरी माल बजारसम्म
बेच्छ भने त्यो व्यक्तिगत श्रम हो । सामूहिक रूपमा श्रममा सहभागी हुनु सामाजिक
श्रम हो ।
·
मूर्त र अमुर्त श्रम – मूर्त श्रमले उपयोग मूल्य
सृजना गर्छ । यो व्यक्तिगत श्रम हो । अमुर्त श्रम सामाजिक श्रम हो । यसले विनिमयर
बजार मूल्यको सृजना गर्छ ।
· जस्तो : श्रमिकले वनमा गएर नियालो र बास ल्याएर डोको निर्माण गर्छ भने त्यो मूर्त श्रम हो । मजदुरहरूले वनको काठ कारखानासम्म ल्याई विभिन्न मजदुरहरुको श्रमद्वारा काठका सामग्रीहरू बनाएर बजारमा बिक्री गरिन्छ भने यो अमुर्त श्रम हो ।
·
अनुत्पादक श्रम: जब प्राकृतिक वस्तुमा श्रम
लगाएर माल बनाइन्छ र त्यो माल विनिमय र उपभोगको लागि सीमित गरिन्छ भने यो
अनुत्पादक श्रम हो । (उपभोगको लागि)
·
उत्पादक श्रम: जब कुनै प्राकृतिक वस्तुमा श्रम
गराएर माल बनाई बजारमा बिक्री गर्न र पुँजीमा रुपान्तरण गरी उत्पादनमा निरन्तरता
दिइन्छ भने त्यसलाई उत्पादक श्रम भनिन्छ । (नाफाको लागि)
मूल्यको श्रम सिद्धान्त
·
मार्क्सको मूल्य सिद्धान्त रिकार्डोको मूल्य
सिद्धान्तको विकसित र विस्तारित रुप हो ।
·
मार्क्सका बिचारका उत्पादनका दुईवटा साधनहरु (Factor of Production) छन् - श्रम र
प्रकृति (Labour &
Nature) ।
·
पुँजीवादी अर्थशास्त्रले ठहर गरेका उत्पादनका
अरु साधनहरु (Factor Of
production) श्रमकै बिभिन्न रुप हुन् । यसैले उत्पादन लागत द्वारा मूल्य निर्धारण
हुन्छ भन्नु र आवश्यक सामाजिक श्रमद्वारा मूल्य निर्धारण हुन्छ भन्नु एउटै कुरा हो
।
·
मार्क्स अनुसार श्रमको सञ्चित मूल्य (Stored Value of Labour) नै पुँजी हो ।
·
श्रम नै मालको मूल्यको एकमात्र स्रोत हो वा
विनिमय मूल्य मात्रै मूल्य हो । उपयोग मूल्यका कारणले मात्रै माल हरुको विनिमय
हुदैँन ।
·
'वस्तु ती
आफैँमा केही होइनन्, ती त्यसपछि
मात्र सामग्री हुन्छन्, जब ती विनिमयका
वस्तु बन्छन्, वस्तु
त्यतिबेला मात्र उपयोगी हुन्छ, जब त्यसमा मानवश्रमले
उत्पादन गर्छ’ - मार्क्स
·
मालको दाम औसत सामाजिक श्रमकालका आधारमा
निर्धारित हुन्छ । समान आवश्यक श्रमकाल बनाइएका मालहरुको मूल्य समान हुन्छ ।
सामाजिक श्रमकाल श्रमशक्तिको उत्पादकत्वमा हुने परिवर्तन अनुसार परिवर्तित हुन्छ ।
श्रमको उत्पादकत्व बढ्दा श्रमकाल घट्छ, सङ्गै मालको मूल्य पनि घट्न पुग्छ ।
·
कुनै पनि मालको मुल्य त्यसलाई उत्पादन गर्दा
लाग्ने श्रमकालको आधारमा निर्धारण गरिन्छ । मजदुरको ज्याला पनि श्रमशक्तिको
समयअवधि अनुसार निर्धारण गरिन्छ ।
·
कुनै पनि वस्तुमा मानवीय श्रम लागेपछि त्यो
वस्तु मालमा बदलिन्छ र त्यो बस्तुको मूल्य निर्धारण हुन्छ । पूँजिमा रुपान्तरण
हुन्छ । मूल्य दुई प्रकारको हुन्छ पहिलो वास्तविक मूल्य मजदुरको श्रमको मूल्य
त्यसलाई ज्याला भनिन्छ, दोस्रो
अतिरिक्त मूल्य, त्यसका
उद्योगपति र मालिकको नाफा भनिन्छ तर त्यो श्रमिकहरुको श्रमको मूल्य हो ।
·
मूल्य भन्ने आर्थीक प्रवर्गले सदैव सामाजिक
सम्बन्धलाई बताउँछ । मालहरुको विनिमयको सम्बन्ध भनेको सामाजिक श्रमको विनिमयको
सम्बन्ध हो ।
·
पुँजीवादमा श्रम एउटा माल बन्दछ । श्रमलाई माल
(बिक्रिको वस्तु) बन्नका लागि तिनवटा पूर्वशर्तहरु चाहिन्छन् ।
- श्रमिकहरु
उत्पादनका साधनहरुबाट वञ्चित हुनुपर्दछ ।
- श्रमिकहरु
आफ्नो श्रम बेच्न स्वतन्त्र हुनुपर्दछ ।
- श्रमिकलाई
काममा लगाउनुको उदेश्य पुँजीको विस्तार हुनुपर्दछ ।
·
श्रमशक्ति एउटा विशेष माल हो । श्रमिकले आफुलाई
बेचेदैन; आफ्नो श्रमशक्ति बेच्दछ । अरु माल उपभोग गरेपछि
तिनको उपयोगिता समाप्त हुन्छ । श्रमशक्तिले मालमा
उपयोगिता थप्छ ।
·
सबै मालहरुमा एक अर्कामा साटिने आंशिक गुण हुन्छ
। विनिमयको विकास हुदै जाँदा जुन माललाई अरु माल साट्ने काममा मात्रै प्रयोग
गरिन्छ त्यो माल मुद्रा बन्यो ।
·
मालको मूल्यलाई मुद्रामा अभिव्यक्त गर्नु नै दाम
हो । कागजी मुद्रा भनेको नाकबन्दी गरिएको मानव श्रम नै हो ।
·
प्राकृतिक वस्तु मानविय श्रमको कारणले मालमा
परिवर्तन हुन्छ र त्यो माल विक्रीबाट आउने नाफा मुद्रा हो । मुद्राको पुनः लगानी
भएन भने मुद्रा पुँजीमा रुपान्तरण हुँदैन । मुद्राको पुनः लगानी भयो भने यो पुँजी
बन्दछ ।
अतिरिक्त मुल्यको सिद्धान्त
·
एउटा कारखाना (वा खेतमा समेत) मा काम गर्ने
श्रमिकको श्रमघण्टा दुई भागमा बाँडिएको हुन्छ । पहिलो श्रमकालमा मजदुरले आफूले
पाउने श्रमको मूल्यका लागि काम गर्दछ (आवश्यक श्रमकाल) भने बाँकी रहेको श्रमकाल
(अतिरिक्त श्रमकाल) मा उत्पादित मूल्य मालिक द्वारा कब्जा गरिन्छ । मालिक द्वारा कब्जा गरिने मूल्य नै श्रमले
उत्पादन गरेको अतिरिक्त मूल्य हो ।
·
'मजदुर
कार्यदिनको एक भाग स्वयम् आफ्नो र परिवारको भरणपोषणको खर्चको पूर्तिका लागि प्रयोग
गर्छ, अरू दिनको शेषभागमा उसले बिना पारिश्रमिक श्रम
गर्छ, यसरी पुँजीपतिका लागि अतिरिक्त मूल्य सिर्जना
गर्छ, जो पुँजीपतिवर्गका लागि मुनाफाको स्रोत, सम्पत्तिको स्रोत हो’ - लेनिन ।
·
पुँजीपतिले सुरुमा लगानी गरिएको मुद्रा भन्दा
बढी जे-जति मुद्रा प्राप्त गर्छ, त्यो नै
अतिरिक्त मुल्य हो । अतिरिक्त मूल्यको उत्पादन नै पुँजीवादी व्यवस्थाको मूल आर्थिक
उदेश्य हुने गर्दछ ।
·
मजदुरको श्रमको पूरा मूल्य नदिई जुन शोषण गरिन्छ
त्यो बाट नै पूँजीवादले आफ्नो पुँजीको विस्तार गर्छ ।
·
अतिरिक्त मुल्य सबै नाफा होईन । नाफा अतिरिक्त
मुल्यको 'एक अंश' हो ।
·
अतिरिक्त मूल्य असमान विनिमयका कारणले उत्पन्न
हुदैँन ।
·
दास र सामन्ती युगमा अतिरिक्त उत्पादनको शोषण
गरिन्थ्यो । पुँजीवादी युगमा श्रमिकबाट अतिरिक्त मुल्यको शोषण गरिन्छ ।
मालको मूल्य = C + V + S
Value of Commodity
(मालको
मूल्य)
C = Constant
capital (स्थिर पुँजी)
V = Variable
capital (परिवर्तनशील पुँजी)
S = Surplus value (अतिरिक्त
मूल्य)
परिवर्तनशील पूँजी (Variable capital)
- श्रमशक्ति खरिद
गर्नका लागि लगानी गरिने पुँजी
- परिवर्तनशील
पुँजीले मूल्यको मात्रा थप्छ ।
स्थिर पूँजी (Constant Capital)
- मजदुरलाई
ज्याला दिन छुट्याईएको पुँजी बाहेकको सम्पुर्ण पुँजी
- मेशिन किन्न
लागेको पुँजी, कच्चा पदार्थ र
इन्धनमा आदि ।
- यसले मुल्यको मात्रा बढाउदैन, मालको मुल्यमा रुपान्तरित मात्रै हुन्छ ।
अतिरिक्त मुल्य = कूल बिक्रि मुल्य - कूल लागत
अतिरिक्त मुल्य उत्पादनको दर
- Rate of Surplus value (S') = Surplus
value (S) / Variable capital (V) * 100
- Rate of Surplus Value (S') = Surplus
Labour Time / Necessary Labour Time * 100
अतिरिक्त मूल्यका प्रकारहरु
·
निरपेक्ष अतिरिक्त मूल्य (Absolute Surplus Value): अतिरिक्त
श्रमकाल बढाएर ।
·
सापेक्ष अतिरिक्त मूल्य (Relative Surplus Value): मजदुरको दक्षता
बढाएर (श्रमशक्तिको उत्पादकत्व बढाएर माल उत्पादनमा लाग्ने आवश्यक श्रमकाल घटाउन
सकिन्छ)
·
अधिक अतिरिक्त मूल्य (Excess Surplus Value): मेसिनको प्रयोग
·
ज्यालादरमा कटौती गरेर
·
महिला, बालबालिकालाई काम लगाएर
·
श्रम विभाजन गरेर
·
सस्तो श्रमका विदेशी मजदुरहरु भित्र्याएर
नाफाको वितरण
·
औद्योगिक पुँजीपति
·
व्यापारिक पुँजीपति
·
वित्तीय पुँजीपति
·
राज्यलाई तिर्ने कर
श्रम शक्तिको मूल्य (ज्याला) को सिद्धान्त
·
ज्याला श्रमको मूल्य होइन श्रमसक्तिको मूल्य हो
।
·
‘मानिसले आफ्ना
आवश्यकता पूर्तिका लागि जुन मेहनत गर्दछ, त्यसलाई श्रम भनिन्छ । श्रम गरेवापत उसले कुनै प्राप्त गर्दैन ।
ज्याला भनेको पूँजीपतिले मजदुरलाई दिने श्रमको मूल्य होइन, श्रमशक्तिको मूल्य हो ’। - मार्क्स
·
श्रमशक्ति भन्नाले श्रमिकको काम गर्ने क्षमता हो
। यो शारीरिक र मानसिक श्रमको योग हो । श्रमशक्तिको क्षमता आफ्नो मूल्य भन्दा कयौ
गुणा बढी हुन्छ ।
·
पूँजीवादी युगमा श्रमशक्ती वस्तुको रूपमा बजारमा
किन्न पाइन्छ । उत्पादनको अवधीमा मजदुरले आफ्नो श्रमशक्ति पूँजीपतिलाई बेच्छ भने
उत्पादन पछी पूँजीपतिले उत्पादित माल मजदुरलाई बेच्छ ।
·
पुँजी पतिले मजदुरको श्रमको मूल्य शोषण गरी मजदुरलाई
बाँच्न पुग्ने न्यून ज्याला मात्र दिन्छ ।
·
प्राकृतिक निशुल्क वस्तुलाई श्रमको माध्यमबाट
मालमा रुपान्तरण गरिन्छ । जस्तै : वनको काठलाई श्रमद्वारा कारखानामा पुराएर दराज
बनाएपछि त्यो दराज मालमा परिणत हुन्छ । मानौं दराज बनाउँदा मजदुरको ज्याला ५००, मेसिनको ह्रासकट्टी १००, ढुवानी र अन्य खर्च २००, गरी पुँजीपतिले ८०० लगानी गर्छ । बजारमा यसलाई
१५०० मा बिक्री गरिन्छ भने ७०० नाफा देखियो त्यो श्रमको मूल्य हो । तर त्यसलाई
पुँजीपतिहरुले नाफाको रुपमा शोषण गर्दछन् । यो नै अतिरिक्त मूल्यको शोषण हो । र
ज्याला भनेको मजदूरले पाएको ५०० मात्र हो ।
उत्पादन पद्धति
·
प्रकृतिले दिएका चिजहरुलाई श्रम प्रयोग गरेर रुप, गुण, स्थान परिवर्तन गरि मानव जीवनमा बढि उपयोगी बनाउने प्रकृया उत्पादन (Production) हो ।
·
जस्को मिहिनेत वा प्रयोग द्वारा उत्पादन प्रकृया
सम्पन्न हुन्छ त्यो नै उत्पादक शक्ति (Productive Force) हो । भूमी, पुँजी, संगठन, मानव श्रम आदि ।
·
उत्पादनको श्रम प्रकृयामा तिन प्रकारको शक्ति
लाग्दछ : श्रम (Labour),
औजार (Equipment of Labour), वस्तु (object of Labour) ।श्रम भनेको
मानविय श्रम । श्रमका औजार भनेको श्रमिकले काम गर्दा प्रयोग गर्ने औजारहरु -
ढुङ्गा, हलो देखि बाटो, बिजुली, कम्प्युटर सम्म
।जसमाथी श्रम लगाएर उत्पादन गरिन्छ, त्यो श्रमको वस्तु वा श्रमको विषय - खेतबारी देखि कच्चा पदार्थ सम्म ।
·
नोट: मैदा कारखानाको श्रमिकका लागि गहुँ श्रमको
विषय भयो भने मैदा तयारी उत्पादन भयो । चाउचाउ कारखानाको श्रमिकका लागि मैदा
श्रमको विषय भयो भने चाउचाउ तयारी उत्पादन भयो ।
·
उत्पादन, विनिमय, वितरण र उपभोग
गर्ने काममा मानिसहरुका बिच बन्ने आर्थीक सम्बन्ध नै उत्पादन सम्बन्ध हो ।
·
उत्पादक शक्ति र उत्पादन सम्बन्धको कुल योग नै
उत्पादन पद्धति (Mode of Production) हो ।
आधार र अधिरचना
आधार
·
कुनै पनि उत्पादन पद्धतिको तल्लो एकाई ।
·
उपरिसंरचना (अधिरचना) निर्धारित गर्छ ।
·
उत्पादक शक्ति, उत्पादन सम्बन्ध ।
उपरिसंरचना / अधिरचना / आधेय
·
उत्पादन पद्धतिको माथिल्लो एकाई ।
·
आधारलाई प्रभावित गर्छ ।
·
संघसस्था, विचार, दर्शन ।
सामाजिक परिवर्तन : क्रान्ति
·
आर्थिक आधार भित्रको उत्पादक शक्ति निरन्तर
गतिशिल हुन्छ, त्यसमा
मात्रात्मक परिवर्तन भईरहेको हुन्छ ।
·
एक सिमा पछि आर्थिक आधार गुणात्मक ढङ्गले
परिवर्तन हुने चरणमा पुग्छ, आफुलाई आमूल
परिवर्तन गर्न खोज्छ ।
·
राजनिती सत्ताले गुणात्मक परिवर्तन रोक्न खोज्छ
।
·
नयाँ गुणमा विकसित भइसकेको आर्थिक आधार र
अधिरचनामा रहिरहेको पुरानो राजनितीक सत्ताका बिचमा सङ्घर्ष सुरु हुन्छ ।
·
अन्तत: आर्थिक आधारको जित हुन्छ । नयाँ विकसित
आर्थिक आधारले आफू अनुकुलकै माथील्लो संरचना बनाउछ ।
·
आधारमा हुने परिवर्तनले अधिरचनामा परिवर्तन
ल्याउँछ : सम्पुर्ण समाज रुपान्तरण हुन्छ । नयाँ उत्पादन सम्बन्धहरु बन्छन्, नयाँ सोचाई, बिचार, मुल्य, मान्यता ले पुराना मान्यताहरुको ठाउ लिन थाल्छन्, पुरा आयामहरु असान्दर्भिक हुदै जान्छन् ।
उत्पादन पद्धतिका चरणहरु
१. आदिम साम्यवाद
- करिब ६,००० वर्ष पहिलेसम्म
- मातृसत्तात्मक, सामुहिक समाज
- सामुहिक सम्पति
- घुमन्ते
जिन्दगी
- औजार: ढुंगा
- यस युगको
माथिल्लो चरणमा मात्रै निजी परिवारको उदय
२. दास युग
- ई.पू. ४,००० देखि सन् ४७६ सम्म
- श्रम : दास
श्रम
- औजार: काठमा
औजारहरु, पशुपालन
- उत्पादन
सम्बन्ध: दास- मालिक
- दास आफै मालिकका
सम्पति
- यौटा सिंगो
समूह मालिक र अर्को सिंगो समूह दास
३. सामन्तवाद
- सन् ४७६ मा
पश्चिमी रोमन साम्राज्यको पतन पछि विश्वस्तरमा सामन्तवादको शुरुवात भयो ।
- श्रम:
स्वतन्त्र किसान र भूदास
- औजार: फलामजडित
हलो, कुटो आदी, पशुको श्रम
- श्रमको वस्तु:
कृषिकार्य, पशुपालन
- उत्पादन
सम्बन्ध : कुलीन शासक र किसान
- अतिरिक्त
उत्पादनको शोषण
- सोच्ने तरिका:
धर्म
- सामाजिक
संस्था: मठ, मन्दिर, चर्च, परिवार
४. पुँजीवाद
- पहिलो
पुँजीवादी क्रान्ति सन् १६८८ मा बेलायतमा भयो ।
- विश्वस्तरमा
प्रभाव पार्ने पुँजीवादी क्रान्ति सन् १७८९ मा फ्रान्समा भयो ।
- श्रम:
स्वतन्त्र, ज्यालादारी
श्रम
- उद्योग, कलकारखाना,
- औजार: धातु, रबर, यान्त्रिक औजार
- उत्पादन
सम्बन्ध: बर्जुवा र सर्वहारा
- निजी स्वामित्व
- सोच्ने तरिका:
पूँजीवादी विचारधारा, सामाजिक
गतिशिलता, मेरिटोक्रेसी, उपभोक्तावाद
- सामाजिक
संस्था: परिवार, मिडिया, सरकार
- अतिरिक्त
मुल्यको शोषण
५. समाजवाद / साम्यवाद
- समाजवादमा
राज्य नियन्त्रित उत्पादन हुन्छ ।
- समाजवादमा :
योग्यता अनुसारको काम र काम अनुसारको दाम (ज्याला) ।
- अतिरिक्त
श्रमबाट प्राप्त अतिरिक्त मूल्यको वितरण उत्पादन शक्तिको विकासको लागि, सामाजिक सुरक्षा तथा थप उत्पादन वृद्धिको लागि र
राज्यको पूर्वाधार विकासको लागि खर्च गरिन्छ ।
- समाजवाद
पुँजिवाद र साम्यवादबीचकोत सङ्क्रमणकाल हो । साम्यवाद समाजवादको माथिल्लो चरण हो ।
- साम्यवादमा: योग्यताअनुसार काम, आवश्यकता अनुसार दाम ।
पुँजी
·
पूँजी शब्दले निश्चित युगको उत्पादन सम्बन्धलाई
व्यक्त गर्दछ ।
·
घर-खर्चको लागि खाद्यान्न, अनाज इत्यादि बेचेर जम्मा गरेको रुपियाँ- पैसा
पूँजी होईन ।
·
अतिरिक्त मूल्यको दोहन गर्ने उद्देश्यले लगानी
गरिएको धन (मुद्रा वा अरु भौतिक वस्तु) मात्रै पूँजी हुन्छ ।
·
पुँजी हुन चाहिने गुणहरु
- हस्तान्तरणीयता
- संचयशीलता
- थप धन आर्जन गर्न लगानी हुने क्षमता
पुँजी सञ्चय/ केन्द्रीकरण :
·
मजदुरहरूमाथिको शोषण नै पुँजी सञ्चयको कारण हो -
मार्क्स
·
पुँजी सञ्चयको परिणाम
१) मजदुरको दुर्दशा :
- मेसिनले
मजदुरलाई विस्तापित गरी बेरोजगारी बढाउँछ ।
- मेसिन सरह
कामको गति बढाउनु पर्छ ।
- श्रमशक्ति
सस्तोमा बिक्री गर्नु पर्ने वाध्यता ।
- मजदुर मजदुर
बीचमा अस्वस्थ्य प्रतिस्पर्धा र निरासा ।
- समाजमा
असन्तुलन कायम भई विद्रोह भड्किन्छ ।
२) पूँजीपतिको अवस्था :
- प्रतिस्पर्धा
गर्न नसक्ने पूँजीपतिहरु टाट पल्टिने छन् ।
- एकाधिकार
पुँजीवादको विकास हुन्छ ।
- कालोबजारी
बढ्दछ ।
- उत्पादन र
बजारको लागि पूँजीपति पूँजीपति बीच संघर्ष हुन्छ । उत्पादनमा समाजिकरण र वितरणमा
अति निजीकरणले विद्रोह पैदा गर्छ ।
- धनी र गरीब
बीचको खाडल झनै गहिरो हुन्छ ।
- उत्पादन, पुनउत्पादनको प्रक्रियाले अति उत्पादन हुन पुग्छ
। मालको बजार नपाएर आर्थिक मन्दीको अवस्था आउँछ । जसले पूँजीवादी उत्पादनमा संकट
निम्त्याउँछ ।
- समाजवादी
क्रान्तिले मात्र त्यसको समाधान गर्छ ।
·
यो सिद्धान्तको आधारमा मार्क्सले पूँजीवाद पछि
अनिवार्य समाजवाद आउने कुरा प्रमाणीत गर्नु भयो ।
पुँजीवाद
·
उत्पादित वस्तुहरुको विनिमयको त्यो अवस्था
जहाँबाट वस्तुहरुको उत्पादन नै बिक्रिका लागि गरिन्छ ( र यो प्रक्रिया निरन्तर
विस्तार हुदै जान्छ ) ।
·
उपभोगका लागि खरिद ( माल मुद्रा माल ) का ठाउमा
बिक्रिका लागि खरिद ( मुद्रा माल मुद्रा ) । बिक्रिका लागि खरिदले बिक्रिका लागि
उत्पादनको प्रक्रियालाई सँगसँगै लिएर आउछ ।
·
वस्तु विनिमयको चरणबाट माल उत्पादन र पुँजी
निर्माणको चरणमा प्रवेश गरेको समाज पुँजीवादी समाज हो । मालको उत्पादन, अतिरिक्त मूल्यको शोषण (नाफा), पूँजी र पूँजीको पुनरुत्पादनको श्रृंखलाको रूप
नै पूँजीवाद हो ।
·
उत्पादनको यो
रुप एउटा निरन्तर प्रणालीका रुपमा १६ औ शताव्दीको युरोपमा सुरु भयो ।
·
मालको विस्तारित पुनरुत्पादन र त्यसमार्थत
श्रमिक वर्गको अतिरिक्त मुल्यको शोषणको चक्रमा टिकेको अर्थ-राजनितिक व्यवस्था ।
अर्थव्यवस्थाका विशेषताहरु
·
व्यक्तिगत स्वामित्व र वंशमा हस्तान्तरण
·
अतिरिक्त मुल्यको शोषण
·
पेशा व्यवसाय गर्न स्वतन्त्रता
·
वस्तुहरुको उपभोगमा स्वतन्त्रता
·
नाफामुखी
·
पूँजी संचय र असमानता
·
बजार र मूल्य व्यवस्थापन माग र पूर्तिका आधारमा
·
प्रतिस्पर्धा
·
सरकारी हस्तक्षेप नहुने
·
अलगाव
चरणहरु
१) व्यापारिक पुजिवाद :
- लगभग १६ औ
सताब्दि देखि बेलायतमा भएको औद्योगिक क्रान्ति सम्म (१९औ सताब्दीको आरम्भ)
- आर्थिक शक्ति
व्यापारिको हातमा
२) औद्योगिक पुँजीवाद
- बेलायतको
औद्योगिक क्रान्ति हुदै
- आर्थिक शक्ति
उद्योगपतिका हातमा
३) वित्तिय पुजिवाद
- १८७३ को सङ्कट
पछि
- पहिले पुँजीका
मुलत दुईवटा रुपहरु थिए, व्यापारिक
पुँजी र औद्योगिक पुँजी अथवा मुद्रा पुँजी र माल पुँजी । हिजो अलग अलग रहेका
व्यापारिक पुँजी र औद्योगिक पुँजी सम्मिलित भएपछि त्यो बैक पुँजी भयो, त्यसैलाई वित्तीय पुँजी भनिन्छ ।
- अब बैकपति
प्रमुख ।
- पुँजीको
केन्द्रीकरण ।
- साम्राज्यवाद, भूमण्डलिकृत साम्राज्यवाद ।
४) कल्याणकारी पुँजीवाद
- १९२९ को सङ्कट
पछि
- Keynes को The General Theory of Employment
Interest and Money (1936)
- दोस्रो
विश्वयुद्ध । १९४४ देखि १९४७ सम्ममा कम्युनिष्टहरु युरोपका ८ वटा पुँजीवादी देशका
( Italy, France, Austria, Belgium,
Denmark, Luxemburg, Norway, Finland ) सरकारमा पुगे ।
- १९४९ मा चीनमा
नयाँ जनवादी क्रान्ति भयो । १९१९ मा विश्व जनसङ्ख्याको ७० प्रतिशत उपनिवेश र
अर्धउपनिवेशका वासिन्दा थिए भने १९५६ मा त्यो सङ्ख्या ९ प्रतिशतमा झर्यो ।
५) नव-उदारवादी पुँजीवाद :
- १९८० पछि
- प्रमुख
व्याख्याता: फ्रेडरिक हायेक र मिल्टन फ्रिडम्यान ।
- किन्सको "
पुँजी र श्रमको सम्झौता" को ठाउ पुँजी र श्रमको स्वच्छन्दताले लिन थाल्यो ।
- Structural Adjustment Programme : निजिकरण, खुला वजार, लोचदार विनिमय दर , सार्वजनिक
खर्चमा कटौति, अहस्तक्षेप
क्षेत्र (ज्याला र मूल्य)
अलगाव (Alienation)
·
alienation
from the product of labour; आफूले गरेको उत्पादनबाट अलगाव
·
alienation
from the activity of labour; उत्पादन क्रियाकलापबाट अलगाव
·
alienation
from one’s own specific humanity; आफनो विशिष्ट क्षमताबाट अलगाव
·
alienation
from others, from society; एकअर्कोसँगबाट अलगाव
पूँजीवादमा सृजनाहुने चक्रिय सङ्कटहरु (Cyclical Crises)
·
Economic
Cycle
- संकट (Crisis or Recession)
- मन्दी (Depression)
- सुधार (Revival or Recovery or Expansion)
- उभार (Upswing or Boom)
·
उपशीर्षक
- पूँजीवादी
पुनरुत्पादन प्रणालीका कारणले उत्पन्न संकट ।
- उत्पादनको
अराजकता वा न्यून उपभोगका कारण उत्पन्न संकट ।
- पूँजीका आंगिक संरचनाका अनुपातमा हुने वृद्धि र नाफाको घट्दो दरका कारणले उत्पन्न हुने संकट ।
·
मजदुर संघर्षका तीन चरण
- असंगठित
विद्रोह (मेसिनका विरुद्ध)
- संगठित विद्रोह
(उद्योगको पुँजीपति विरुद्ध)
- स्थायी मजदुर
विद्रोह (पुँजीवाद विरुद्ध)
समाजवाद
उत्पतिका कारणहरु
·
सामाजिक जिवनको वस्तुकरण र अलगाव
·
आर्थिक शोषण
समाजवादी अर्थव्यवस्थाका तीन चरण
·
समाजवादमा संक्रमणको चरण
- औद्योगिकीरण
- कृषि व्यवसायको
सामुहिकीकरण
- सांस्कृतिक
क्रान्ति
·
तीव्र विकासको चरण
· बिलोपीकरणको चरण
समाजवादी अर्थतन्त्रको विकास
·
लेनिनको योगदान
- साम्राज्यवाद र
सर्वहारा क्रान्तिको सिद्धान्त
- साम्राज्यवाद
पुँजीवादको मरणासन्न चरण भएको विश्लेषण
- एउटै मुलुकमा
समाजवादी क्रान्ति सम्भव भएको निष्कर्ष
- कृषि र
उद्योगमा आधारित दुई खम्बे अर्थनितिको विकास
- २०औ सताव्दि
साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग भएको विश्लेषण
- साम्राज्यवादी
अन्तरविरोधको परिचालन र समाजवादी अर्थनीतिको अभ्यास
·
माओको योगदान
- चिनीया समाजमा
वर्गहरुको विश्लेषण
- सर्वहाराको
नेतृत्वमा संयुक्त मोर्चा
- अर्धसामन्ती र
अर्धऔपनिवेशिकताको विश्लेषण
- एकाधिकार
पूजीवादको विशेषताको विश्लेषण
- नयाँ जनवादी
अर्थनीतिको विकास
- क्रान्तिलाई
पक्रेर उत्पादन बढाउने नीति
- लाल र निपुणको
नीति
- राजकीय पूँजीवाल
·
अन्य देशको भूमिका
- क्युवा
- लाओस
- भियतनाम
- उत्तर कोरिया
समाजवादी आर्थिक प्रणाली
·
उत्पादनका साधनमा सामूहिक स्वामित्व
- राजकीय
सार्वजनिक स्वामित्व
- सहकारी सामूहिक कृषि स्वामित्व
·
समाजवादी उद्योग-व्यवसाय
- राजकीय सामूहिक
स्वामित्व राज्य नियन्त्रित
- सहकारी सामूहिक
कृषि स्वामित्व सामाजिक संरचना नियन्त्रित
- उद्योग-व्यवसाय
राजकीय स्वामित्वका खास इकाइ
- उद्योग-व्यवसायको
चल र अचल गरी २ प्रकारको कोष
- कारखाना भित्र
आर्थिक स्वयंशासित व्यवस्था लागू
·
राज्यको भूमिका
- राज्यले
समुदायको उर्जाशील श्रमशक्तिलाई संगठित गर्छ ।
- अल्पकालिन, मध्यकालिन र दिर्घकालिन नीति र योजनाहरुको
तर्जुमा
- मूल्य नीति, सार्वजनिक प्रयोगका वस्तुहरुको दर र करको
निर्धारण
- उत्पादित
वस्तुहरुको बितरण सम्बन्धी वैधानिक नीति
- योजनावद्ध
आर्थिक विकास
·
समाजवादी अर्थव्यवस्थाका विशेषता
- योजनावद्ध
अर्थतन्त्र
- लक्ष र
उद्देश्य निर्धारण
- राज्य वा
समाजको नियन्त्रण र संचालन
- सामाजिक
सहभागिता
- राज्यले नै
मूल्य निती निर्धारण गर्ने
- केन्द्रिय
योजना आयोग
·
आर्थिक नियम
- समाजवादी समाजमा
पूँजीपति वर्ग रहन्छ । तर, पूँजीपतिहरु
रहदैनन् ।
- मजदुर र किसान
वर्ग रहन्छ तर यिनीहरु परस्पर विरोधी वर्ग होईनन् र एकले अर्कोलाई सघाउछन् ।
- सामूहिक
उत्पादन गरिन्छ ।
- ज्यालादारी
श्रमको रुप फेरिन्छ ।
- प्रत्येक
नागरिकका लागि श्रम अनिवार्य हुन्छ । बृद्धा, बालक, र बिरामीका
लागि विशेष व्यवस्था ।
- राज्य
नियन्त्रित र सहकारी नियन्त्रित स्वामित्व हुन्छ ।
- उत्पादित वस्तु
आवश्यकताका आधारमा वितरण गरिन्छ ।
- अनुत्पादक
वस्तु उत्पादन र बिक्रि वितरण गरिँदैन ।
- सामूहिक
उत्पादन कार्यबाट प्राप्त लाभासं वितरणले निजी सम्पतिको रुप लिन्छ । तर, यो अस्थायी कुरा हो ।
वस्तु उत्पादन, वितरण र आर्थिक स्वशासित सिद्धान्त
·
समाजवादमा वस्तु उत्पादन
- उपयोग मूल्य र
बजार मूल्यबीच समानता
- योजना र
मूल्यसम्बन्धि नियममा एकत्व
- आर्थिक
स्वअनुशासनको नियम
·
समाजवादी वितरण सिद्धान्त
- श्रमको मात्रा
र उपभोगको मात्रामा समाजको नियन्त्रण
- श्रमको
अनुपातमा वस्तु वितरण
- श्रमप्रति
भौतिक र नैतिक प्रेरणाको समन्वय
·
आर्थिक स्वयं शासित सिद्धान्त
- उत्पादनको
आयत्व र त्यसको प्रभावकारितामा वृद्धि
- सामाजिक
उत्पादनको प्रभावकारिता र प्राविधिक क्रान्ति
- मितव्यायी र
किफायतका निम्ति संघर्ष
- राष्ट्रिय
उद्योगहरुलाई प्रतिस्पर्धी बनाउन महशुल
- वित्तीय
नियन्त्रण र वैधानिक लेखा प्रणाली
- कामदारका लागि
प्रोत्साहन कोषको व्यवस्था
·
समाजवादी श्रम, संगठन र पारिश्रमिक
- आवश्यक श्रम र
अतिरिक्त श्रमको मूल्य मजदूरमा नै वितरण
- श्रमको
अनिवार्यता र दायित्व निर्धारण
- श्रमको
सम्मानको संस्कृति विकास
- श्रमको
समाजवादी अनुशासन कायम
- समाजवादी
प्रतिस्पर्धाको अभ्यास
- श्रमिकहरुको
सांस्कृतिक एवम् प्राविधिक स्तरवृद्धि
- श्रमको
मूल्याङ्कन त्यसको मात्रा र गुणको आधारमा मापन
- पारिश्रमिक काम
र समयको गणनाका आधारमा, त्यो व्यक्तिगत
र समूहगत हुन सक्दछ ।
- पारिश्रमिकमा
प्रोतसाहनको व्यवस्था
- श्रमको
अनुपातमा पारिश्रमिक नै जनताको आवश्यकता पूर्तिको मुख्य आधार
अन्तरविरोध
·
शारिरिक श्रम र मानसिक श्रमबिचको अन्तरविरोध
·
गाउँ र शहर बिचको अन्तरविरोध
·
किसान र मजदुरबिचको अन्तरविरोध
·
दक्ष र अदक्ष श्रमको अनुपात र मूल्यांकन
·
श्रमको मूल्यको अन्तर र मापन
·
समाजवादमा निजी सम्पतिको स्थिति
समाजवादी राज्यले यी अन्तरविरोधको मैत्रीपूर्ण समाधान खोज्छ ।
नेपाली समाज
… कमजोर आधारको
(टाक्सिएको) सामन्तवाद विकसित हुन नपाउदै र आन्तरिक पुँजीवादी प्रक्रियाले गति लिन
नसकेको अवस्थामा अन्तराष्ट्रिय पुँजीवादी प्रक्रियासँग सम्बद्ध हुन थाल्यो । …
… चीन र भारतको
समेत सामन्तवादले अन्तराष्ट्रिय पुँजीवादी अतिक्रमणका विरुद्ध प्रतिरोधमा भाग लियो, जसले राष्ट्रिय पुँजीवादी प्रक्रियालाई संरक्षण
दिनुपर्ने भयो । तर, नेपालको
सामन्तवादले (राणाशाहीको उदयपछि) साम्राज्यवादसँग गठबन्धन गर्यो, जुन गठबन्धनले समाजलाई पराश्रयी बनाउदै लग्यो ।
…
… नेपालको
सामाजिक इतिहासमा कालक्रमको हिसाबले भन्ने हो भने एकीकरणभन्दा अगाडिको नेपाली समाज
मूलत : सामन्ती आत्मनिर्भर थियो । सुगौली सन्धिदेखि २००७ सालसम्मको नेपाल दलाल पुँजिवाद
तर्फ सङ्क्रमण हुदै गरेको तर सामन्तवाद प्रभावशाली रहेको समग्रतामा अर्धसामन्ती
अर्धऔपनिवेशिक थियो । २००७ सालदेखि २०२४/२५ साल ( भूमि सुधारको कार्यान्वयन ) सम्म
बढ्दो दलाल पुँजिवाद र तीव्र रुपमा घट्दो सामन्तवादी काल रह्यो । यहाँसम्म पनि
समाजको आम चरित्र अर्थसामन्ती र अर्धऔपनिवेशिक नै थियो । २०२५ सालदेखि २०४६
सालसम्मको समाज सामन्ती सत्तासंरचनाको अवशेष भएको मूलत: दलाल पुँजीवादी समाज रह्यो
। २०४६ सालको परिवर्तनले परम्परागत सामन्ती स्वरुपको निरङ्कुश राज्यव्यवस्थाबाट
जनतालाई मुक्त त गर्यो तर आधारभूत सामाजिक रुपान्तरणका हिसाबले दलाल पुँजीवादको
प्रक्रियालाई नै तीव्र पार्न योगदान गर्यो । त्यसपछिको अवधि दलाल पुँजीवादको
सत्तासङ्कटको कालका रुपमा गुज्रिरहेको छ । …
(घनश्याम
भुसालको "नेपालको अर्थराजनिती:
सङ्कटको पुुनरुत्पादन र रुपान्तरणको दिशा" पुस्तकबाट)
दलाल पुँजीवाद
·
‘पुँजीपति
वर्गले आफुलाई न्यूनतम स्वतन्त्रताका साथ उत्पादक शक्तिको विकास गर्न सक्ने
प्रभावशाली राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्न उसले उत्पादन शक्ति अर्थात्
कृषि–उद्योग सम्बन्धको राष्ट्रिय पुनरुत्पादन र पुँजी सङ्कलनको परिपथमा नियन्त्रण
गर्नै पर्छ, यदि त्यसो गर्न
सक्दैन भने त्यो दलाल बन्छ र उसबाट अपेक्षा गरिएको ऐतिहासिक भूमिका पूरा हुँदैन ।’
- समिर अमिन
·
माओले उद्योगमा लगानी नै नगर्ने तर
पुँजीवादी/साम्राज्यवादी मुलुकको दलाली गर्ने र चीनको औद्योगिकीकरणलाई तहसनहस
पार्दै पराधीन बनाउन सहयोग गरेर नाफा आर्जन गर्ने वर्गलाई दलाल पुँजीपति भने । त्यसपछि उनको व्याख्या
संसारव्यापी भयो ।
·
यद्यपि त्यसको विस्तृत अर्थशास्त्रीय व्याख्या
भएन । आधुनिक पुँजीवादले
विश्वव्यवस्थालाई शोषणका केन्द्र, उपकेन्द्र र
किनारामा कसरी बाँड्छ र आफूलाई जीवित राख्छ जस्ता विषयको अध्ययन पछिका अरू
अर्थशास्त्री/समाजशास्त्रीहरूले गरे । तीमध्ये समीर अमिनले
जुन पुँजीले श्रमलाई उद्योगमा ल्याउँदैन, त्यो पुँजी दलाल बन्छ भनेर दलाल पुँजीको चरित्रलाई परिभाषित गरे । सारतः यो मार्क्सकै
विश्लेषणीय पद्धति हो । त्यस आधारमा
हामी के निष्कर्षमा पुग्छौं भने:
- एक, जुन पुँजी औद्योगिक पुँजीको चरणबाट गुज्रिन्न, त्यसले वास्तविक मूल्य उत्पादन गर्दैन ।
- दुई, त्यसको मुख्य चरित्र वित्तीय हुन्छ ।
- तीन, त्यसले औद्यागिक पुँजीको विकासमा नकारात्मक
भूमिका खेल्छ ।
- चार, त्यसको परिणामस्वरूप पछौटे अर्थतन्त्र पछौटे नै
रहिरहन्छ ।
त्यस्तो पुँजी दलाल पुँजी हो ।
(घनश्याम
भुसालको एक लेखबाट)
नाफाका रुपहरु र दलाल पूँजीवाद
·
हामीकहाँ विकास र समृद्धिका समस्याको चर्चा
गर्दा वित्तीय पुँजी, नोकरशाही
(ब्युरोक्रेटिक) पुँजी, कुत खाने
(रान्टियर) पुँजी, आफन्ती
(क्रोनी) पुँजी, क्यासिनो पुँजी, एकाधिकार पुँजीजस्ता शब्दहरू प्रयोग गरिएका छन् ।
·
तर वित्तीय पुँजीले यसको उत्पादक शक्तिलाई क्षय
गर्ने चरित्रलाई बताउँदैन ।
·
नोकरशाही पुँजीले कर्मचारीको मिलेमतोमा गरिने
भ्रष्टाचारलाई मात्रै बताउँछ ।
·
क्रोनी पुँजीवादले मूलतः नातेदारी र आफन्तवादलाई
जोड दिन्छ ।
·
क्यासिनो पुँजीवादले अर्थतन्त्रका खासखास
अवस्थामा पुँजीपतिको जुवाडे चरित्रलाई बढी चित्रण गर्छ ।
·
एकाधिकार पुँजीवादले स्वामित्वको रूपमा बढी जोड
दिन्छ ।
·
वस्तुतः अनुत्पादक पुँजीको स्रोत श्रमशक्तिको
विकास नगर्ने पुँजी हो । त्यसैले त्यसको
आधारभूत चरित्र अनुत्पादक नै हो । व्यापारमा आधारित
नाफा, ब्याज वा सूदमा आधारित नाफा, राजनीतिक पार्टीका आडमा नेता–कार्यकर्ताहरूले
प्राप्त गर्ने सम्पत्ति, कर्मचारीले
कमाउने सम्पत्ति, नातेदारीका
आधारमा थुपार्ने सम्पत्ति मूलतः बिचौलिया/दलालकै कारणले प्राप्त गर्ने नाफा हो । नाफाका यी सबै
रूपहरूलाई दलाल पुँजीवाद भन्नु उपयुक्त हुन्छ ।
(घनश्याम भुसालको एक लेखबाट)
वर्तमान नेपाली समाजमा वर्ग विश्लेषण
क) नेपालको गाउँमा रहेका वर्गहरु
- दलाल तथा
नोकरशाही पुँजीपति वर्ग
- धनी किसान /
मध्यम वर्ग
- मध्यम किसान /
निम्न मध्यम वर्ग
- गरीब किसान
वर्ग
- भूमिहिन किसान
/ कृषि सर्वहारा / कृषि मजदुर वर्ग
ख) नेपालको शहरमा रहेका वर्गहरु
- दलाल तथा
नोकरशाही पुँजीपति वर्ग
- राष्ट्रिय
पुँजीपति वर्ग
- मध्यम वर्ग
- शहरीया गरीब
वर्ग
- मजदूर वा
सर्वहारा वर्ग
(डा. विजय पौडेलको "मार्क्सवादी अर्थशास्त्र" पुस्तकबाट)
आजको बाटो
नेपालले लिनुपर्ने आजको बाटो दलाल पुँजीको ठाउँमा राष्ट्रिय पुँजीको
विकास हो । त्यसको अर्थ पुनरुत्पादनको
प्रक्रियालाई उल्ट्याउने हो । अर्थात्, औद्योगिक पुँजीलाई विस्तारित पुनरुत्पादनमा
लैजाने र दलाल वा अनुत्पादक पुँजीको विकासलाई साधारण पुनरुत्पादनमा सीमित गर्ने हो ।
कार्यक्रम
हाम्रा सबै योजनाको मुख्य उद्देश्य हाम्रो पछौटे श्रमलाई उद्यमशील
श्रममा रूपान्तरण गर्नु हो । यसका लागि ठोस
कार्यक्रम आवश्यक हुन्छ । त्यस
कार्यक्रममा मुख्यतः कृषिलाई उद्योगमा ल्याउँदै र उद्योगको बचतलाई फेरि झन्
विस्तारित औद्योगिकीकरणमा लैजाने, त्यस क्रममा
उत्पादनका अन्य क्षेत्र र वितरणको व्यवस्थालाई प्रभावकारी बनाउँदै जाने आदि योजना
हुनेछन् ।
संविधानमा उल्लेख गरिएझैं, सार्वजनिक, सहकारी र निजी
क्षेत्रलाई योजनाबद्ध र प्रभावकारी रूपमा विकास गर्दै जाने; औद्योगिक पुँजीको विस्तारित पुनरुत्पादनका लागि
आवश्यक पर्ने शिक्षा तथा स्वास्थ्य प्रणाली, कर्मचारीतन्त्र, संसदीय तथा
कानुनी व्यवस्था र न्यायालय तथा प्रशासन निर्माण गर्नेजस्ता योजनाहरू पर्छन् ।
संक्षेपमा यो राजनीति र समाजलार्ई नै उत्पादक राजनीति र समाजमा बदल्ने
कार्यक्रम हुनेछ ।
राजनितीक कार्यभार
राम्रो राष्ट्र बनाउने हो भने राम्रो राजनिती चाहिन्छ, राम्रो राजनिती बनाउने हो भने राम्रो पार्टि
चाहिन्छ । दलाल/अनुत्पादक
पुँजीको पुनरुत्पादनको दुश्चक्र रोक्न सक्ने र उत्पादक पुँजीको पुनरुत्पादनको
कार्यक्रम बोक्न सक्ने राजनीतिक पार्टीको निर्माण गर्नु आजको राजनीतिको मुख्य
कार्यभार हो ।
(घनश्याम भुसालका लेखहरुबाट)
मार्क्सवादी अर्थशास्त्र सम्बन्धी पुस्तकहरु
·
पूँजी, (भाग १, २ र ३) -
मार्क्स
·
अतिरिक्त मूल्यको सिद्धान्त – मार्क्स
·
Grundrisse
- Marx
·
Economic
& Philosophic Manuscripts of 1844 - Marx
·
A
Contribution to the Critique of Political
·
Economy
- Marx
·
Wage,
Labour and Capital - Marx
·
Value,
Price and Profit - Marx
·
Fundamentals
of Political Economy - Mao
·
The
Shanghai Text Book –
·
मार्क्सवादी अर्थशास्त्र - डा. विजयकुमार पौडेल
·
अतिरिक्त मूल्यको सिद्धान्त - कृष्णदास श्रेष्ठ
·
राजनितीक अर्थशास्त्रको हाते किताब - ल.
लेओन्त्येभ
·
राजनीतिक अर्थशास्त्रको आँखीझ्याल - डा. बाबुराम
भट्टराई
·
नेपालको अर्थ-राजनीति: सङ्कटको पुनरुत्पादन र
रुपान्तरणको दिशा: घनश्याम भुसाल
·
नेपालमा उदारवाद (प्रयोग र परिणाम)- भानुप्रसाद
आचार्य
·
मार्क्सवादी राजनीतिक अर्थशास्त्र - रामराज
रेग्मी
·
समाजवाद र नेपाल - डिपी ढकाल
·
नेपालको अर्थराजनीति - सीताराम तामाङ
·
मार्क्सवादी अर्थशास्त्र (मार्क्सवादी अध्ययन
पाठ्यक्रम) - राहुल फाउण्डेशन
वैज्ञानिक समाजवाद
राजनीतिक दर्शन
·
मूलतः
११ प्रकारका देखिन्छन्
·
Conservatism
(सम्बर्द्धनवाद)
·
Liberalism
(उदारवाद)
·
Socialism
(समाजवाद)
·
Communism
(साम्यवाद)
·
Nationalism
(राष्ट्रवाद)
·
Fascism
(फासीवाद)
·
Religious Fundamentalism (धार्मिक कट्टरतावाद)
·
Fedralism (संघवाद)
·
Anarchism
(अराजकतावाद)
·
Ecologist (जैविकतावाद)
·
Feminism
(महिलावाद)
सम्बर्द्धनवाद
·
‘समाजको परम्परागत मौलिक चरित्रको रक्षा
र रुढीवादी नैतिक मूल्यको संरक्षण’
·
थोमस हब्सको चिन्तनमा आधारित राजनीतिक दर्शन हो - बेलायतको टोरी दल हो
·
अमेरिकाका रिपब्लिकनहरु
·
नेपालमा राप्रपा
उदारवाद
·
फ्रि म्यान ( स्वतन्त्र व्यक्ति ) र फ्रि मार्केट ( स्वतन्त्र बजार)
·
जोह्न लकको दर्शन
·
बेलायती गौरवमय क्रान्तिबाट अनुप्रेरित
·
‘लिवरल डेमोक्र्याट्स’ ।
·
नेपालमा कङ्गग्रेस
साम्यवाद
·
कार्ल मार्क्सको ‘द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद’ को दर्शनबाट यो
विचारधारा निसृत
·
मार्क्सवादको लेनिनवादी धारा
·
साम्यवादको सारतत्व ‘आर्थिक समानता’ हो
·
प्रारम्भमा समाजवादी विचारधारा भित्रकै एक हाँगो
·
सर्वहारा अधिनायकत्व’, ‘एकदलीयता
·
चीन, उत्तर कोरिया, भियतनाम, लाओस् र क्युवामा
·
नेपालमा नेकपा फरक बाटोबाट सत्ता, कम्युनिजमको
लोकतान्त्रिकरण
समाजवाद
·
‘समानता र स्वतन्त्रता अभिभाज्य छन्’, ।
·
स्वतन्त्रताको अभिव्यक्तिका रुपमा ‘लोकतन्त्र’ र समानताको
अभिव्यक्तिका रुपमा ‘समाजवाद’ ।
·
आर्थिक समानता र राजनीतिक स्वतन्त्रता ।
·
सामाजिक बजार अर्थतन्त्र ।
·
युटोपियन समाजवाद, फेवियन
समाजवाद, प्रजातान्त्रिक समाजवाद, उदार समाजवाद, सामाजिक लोकतन्त्र, ह्युमानिटारियन समाजवाद, स्केडिनेवियन समाजवाद, गान्धियन समाजवाद, सेन्डिकालिज्मजस्ता धारहरु
राष्ट्रवाद
·
जन्म, जन्मस्थान वा भाषिक सांस्कृतिक
मनोविज्ञानका कारण एकै प्रकारका भएका मानव समूहको आत्मगौरव’ लाई मुख्य तत्व ।
·
फ्रान्स, जर्मनी र इटलीको एकीकरण युद्धको समयमा
यो विचारधारा जन्मिएको ।
·
मूलतः हिगेलको दर्शनमा आधारित सोच
फासीवाद
·
राष्ट्रवादी चिन्तनको अतिवादी धार ।
·
मूलतः नित्सेको दर्शनमा
आधारित ।
·
‘विवेकपूर्ण शासन र राज्यको
सर्वोपरिता’ ।
·
मुसोलिनीको फासिष्ट पार्टी र हिटलरको नाजी पार्टी
धार्मिक
कट्टरतावाद
·
‘निश्चित धार्मिक भावनाबाट अभिप्रेरित
राज्य र समाज
·
मुस्लिम ब्रदर हुड, तालेवान, बोकोहराम, अल काइदा
·
युरोपमा क्रिश्चियन डेमोक्र्याटस पार्टी , पछि सम्बर्धनवादमा रुपान्तरण गरे ।
·
भारतमा शिवसेना, अहिले
मराठी राष्ट्रवादतिर अभिप्रेरित
संघवाद
·
‘देश फरक राष्ट्रियताहरुको संयुक्त
राजनीतिक एकाई ।
·
राज्य बहुसांस्कृतिक अस्तित्व हो
।
·
मूलतः यो शक्ति अकेन्द्रणको दर्शनमा आधारित ।
जैविकतावाद
·
प्रकृतिवादी दर्शनबाट प्रेरित विचारधारा ।
·
युरोपियन ग्रिन पार्टीहरु ।
·
नेपालमा ‘हरियाली पार्टी’ , ‘नेपाल
ग्रिन पार्टी’ ।
अराजकतावाद
·
‘आधिकारिकताको विघठन र स्वस्फूर्त
सहकारी संगठन’ - निजी सम्पति’, ‘वैवाहिक संस्था’, ‘राज्य’ र ‘धार्मिक सम्प्रदाय’
प्राधिकारका स्रोत ।
·
मिखायल बाकुनिन, पिटर
क्रोपटकिनजस्ता दार्शनिकहरुले अगाडि बढाएका ।
·
राजनीतिज्ञ प्रुधो
महिलावाद
·
लैङ्गिक प्रश्नहरुको राजनीतिक अभिव्यक्ति
·
वंश परम्परा,
अन्तर्देशीय विवाहमा महिला नागरिकताको
प्रश्न, प्रजनन स्वास्थ्य तथा गर्भपतनको अधिकार, महिला कार्यघण्टा र महिलाजन्य बिदा तथा
सुविधाहरु, स्त्रिभ्रुण हत्या विरुद्धको आन्दोलन र
गर्भसुरक्षा, राजनीतिमा महिला सहभागिता आदि मुख्य
एजेण्डा ।
वैज्ञानिक समाजवाद
समाजवाद उत्पतिका स्वरुपहरु
१) विकासवादी / काल्पनिक समाजवाद (Evolutionary Socialism)
·
स्वतस्फूर्त समाजवाद - सेन्ट साईमन, चाल्र्स फुरिए, रबर्ट ओवेन ।
·
पूजीवाद र साम्यवादको बिचमा समन्वय गर्दछ ।
·
प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्दछ ।
·
कानून बनाएर निजी सम्पतिको स्वीकृति तथा
नियन्त्रण ।
·
वर्ग सङ्घर्षमा विश्वास गर्दैन ।
·
राष्ट्रिय चरित्रको हुने भएकाले नागरिकको भलाईको
बारेमा सोच्दछ ।
·
शक्ति विकेन्द्रीकरणमा विश्वास गर्दछ ।
·
धर्ममा आस्था तथा धार्मिक सहिष्णुता
२) प्रजातान्त्रिक समाजवाद
·
फेबिनिएनसहरुको समाजवादी धारणा
·
राज्यलाई कायमै गरि कायमै गरि संवैधानिक एवम्
राजनीतिक सुधारबाट पनि पुजिवादी व्यवस्थाको अन्त्य गरि समाजवाद लागु गर्न सकिने
धारणा
३) राष्ट्रिय समाजवाद
·
हिटलरको नाजी पार्टिले अगाडि सारेको
·
नश्लवादी र अन्धराष्ट्रवाद
४) युरो कम्युनिज्म
·
संसद अन्तर्गत काम गर्ने कम्युनिष्ट सिधान्त
५) क्रान्तिकारी समाजवाद (Revolutionary Socialism)
·
क्रान्तिको माध्यमबाट समाजवादको निर्माण -
मार्क्स, एंगेल्स, लेनिन ।
·
साम्यवादको मान्यता राख्दछ ।
·
राज्यको विलोपिकरण ।
·
व्यक्तिगत सम्पतिको उन्मूलन ।
·
वर्ग सङ्घर्षमा विश्वास गर्दछ ।
·
अन्तराष्ट्रिय चरित्रको हुने भएकोले विश्वका
मजदुरको भलाई सोच्दछ ।
·
शक्ति केन्द्रिकरण र सामाजिकरण
· धर्ममा विश्वास गर्दैन
मार्क्सको समाजवाद किन वैज्ञानिक समाजवाद ?
·
पुँजिवादको बिकल्पमा समाजवादको कुरा सर टमस मोर, सेन्ट साईमन, फुरिए, रबर्ट ओबन
जस्ता समाजवादीले उठाईसकेका थिए ।
·
समाजवादसम्बन्धी त्यी कल्पनाहरु भावना र इच्छामा
मात्र आधारित थिए । तिनमा वैज्ञानिक विश्लेषणको कमि थियो ।
·
उनीहरुले रूपान्तरणलाई कुन उपायबाट प्राप्त गर्न
सकिन्छ व्याख्या गर्न सकेनन् । सर्वहारा, श्रमिकवर्गको क्रान्तिकारी पक्षलाई चिनेनन्, सहानुभूति मात्र राखे ।
·
उनीहरुले पुँजिवादको निन्दा त गरे तर पुँजिवाद
विरुद्धको निर्णायक सङ्घर्षका बारेमा भने आदर्शवाद घुसाए । शोषण गर्नु अनैतिक
कार्य हो भन्ने कुरामाथि धनिहरुलाई विश्वास दिलाउने प्रयास गर्नुपर्ने मात्र बुझे
।
·
ऐतिहासिक विकास क्रममा भरोसा राख्नुको सट्टामा
मानिसहरूको भावना, नैतिकता, शुभेच्छा आदिमा भरोसा राखे । उनीहरुको समाजवाद
काल्पनिक चरित्रको भएकाले काल्पनिक समाजवाद भनियो ।
·
मार्क्सवादले समाजवादलाई भौतिक विज्ञानमा आधारित
दर्शनद्वारा परिकल्पित गर्यो। मार्क्सवादको समाजवाद भने वस्तुको द्वन्द्वात्मकता, भौतिकवाद अनि समाज बिकासको ऐतिहासिक विकासक्रमको गहन अध्ययन अनि
तथ्यपरक विश्लेषणमा आधारित थियो ।
·
मार्क्सवादले समाजको समाजवादी रूपान्तरणको
अनिवार्यतालाई वैज्ञानिक ढङ्गले व्याख्या गरेको छ भने अर्को तर्फ त्यसलाई हासिल
गर्ने तरिका र उपायहरू पनि प्रष्ट पारेको छ । त्यसैले मार्क्सको समाजवादलाई
वैज्ञानिक समाजवाद भनियो, जुन बाटो भई मानव
समाजले साम्यवादको यात्रा तय गर्दछ।
समाजवाद र साम्यवाद
·
पुँजीवाद ध्वस्त हुने बित्तिकै वा पुँजीवादी
सत्ता विस्थापित गर्ने बित्तिकै साम्यवाद आउदैन , त्यसलाई प्राप्त गर्न लामो संक्रमणकालबाट गुज्रिनुपर्दछ । पुँजिवाद र
साम्यवादबीचको त्यही संक्रमणकाल नै समाजवाद हो ।
·
सर्वहारा वर्ग सत्ताधारी वर्गमा रुपान्तरण भएपछि
साम्यवादको निम्न चरण अर्थात समाजवाद स्थापित हुनेछ ।
·
समाजवादमा सापेक्षित समानता मात्रै लागू हुन्छ ।
·
"योग्यताअनुसार
काम, काम अनुसार दाम"
·
साम्यवाद समाजवादको माथिल्लो चरण हो ।
·
"योग्यताअनुसार
काम, आवश्यकता अनुसार भुक्तानी"
·
सबैको आधारभूत आवश्यकताको पूर्ति हुनेछ । समाजमा कुनै खालको शासन, शोषण, उत्पीडन, अन्याय, अत्याचार र असमानता हुनेछैन ।
·
समाजमा हरेक सदस्यको स्वतन्त्र विकासको
ग्यारेन्टी सिङ्गो समाजले गर्नेछ । हरेक व्यक्तिको स्वतन्त्र विकास सबैको
स्वतन्त्र विकासको सर्त हुनेछ ।
सर्वहारा वर्गको
अधिनायकत्व
·
राज्यसत्ता भनेकै अधिनायकत्व प्रयोग गर्ने
संस्था हो ।
·
निजी सम्पतिको उदयले राज्यको जन्म । यसकारण
अर्काको सम्पति हडप्न चाहनेहरुले तथा आफ्नो सम्पतिको रक्षा गर्न चाहनेहरुले
राज्यसत्ताको स्थापना गरेका हुन् ।
·
सर्वहारा वर्गको अधिनायकत्व: बहुमतका लागि
प्रजातन्त्र
·
समाजबाट सधैंका लागि अधिनायकत्वलाई समाप्त
पार्ने दिशामा पाइला बढाउनका लागि, त्यसकारण अल्पकालिन हुनुपर्दछ ।
वैज्ञानिक साम्यवादका विशेषता
·
वर्गहिन, राज्यविहिन समाज
·
सम्पतिको निजी स्वामित्वको अन्त्य
·
बुर्जुवा सम्पतिको उन्मूलन
·
सामूहिक उत्पादन प्रणाली
·
समाज विकासको सबैभन्दा उन्नत सामाजिक व्यवस्था
·
शारीरीक र मानसिक श्रमका बीचमा रहेको भिन्नताको
अन्त्य
·
गाउँ तथा सहरका बिचमा रहेको असमानताको अन्त्य
·
मानिसमाथी हुने शोषणका रुपहरुबाट पूर्णत: मुक्ति
·
आवश्यकताको सत्य स्वतन्त्रताको सत्यमा रुपान्तरण
·
मानव बिचको शत्रुतापुर्ण अन्तरविरोधको अन्त्य
·
योग्यताअनुसार काम र आवश्यकता अनुसारको
·
भुक्तानी
·
विश्व मानविय संस्कृतिको स्थापना: मानिसको
अन्तराष्ट्रिय जाति
·
"वर्गहरु र
वर्ग अन्तरविरोधहरु भएको पुरानो पुँजीवादी समाजको ठाउँमा एउटा सङ्घ हुनेछ, जहाँ हरेक
व्यक्तिको स्वतन्त्र विकास सबैको स्वतन्त्र विकासको सर्त हुनेछ । "
सर्वहारा अन्तराष्ट्रियतावाद
·
अन्तराष्ट्रिय वर्ग संघर्षको सिद्धान्त :
सर्वहारा क्रान्तिलाई दबाउन संसारभरिकै प्रतिकृयावादीहरु एकजूट हुन्छन् । त्यसको
विरुद्ध श्रमजीविवर्गले अन्तराष्ट्रिय रुपमा आफ्नो शक्ति र सञ्जाल विस्तार
गर्नुपर्दछ ।
·
राष्ट्रिय हितको अन्तराष्ट्रिय हितसँग समायोजन
·
विश्व मानविय संस्कृतिको स्थापना: मानिसको
अन्तराष्ट्रिय जाति
कम्युनिष्ट पार्टिको विशेषता
·
मजदूरवर्गको अगुवा
·
मजदूरवर्गको नेता
·
मजदूरवर्गको अभिन्न अंग
·
मजदूरवर्गको संगठित दस्ता
·
सर्वहारा वर्गको अधिनायकत्वको साधन
·
राज्य बिलोपिकरणको नेतृत्वदायी शक्ति
·
समाजवाद र साम्यवाद प्रति समर्पित संगठित दस्ता
· उच्चतम रुप: वर्ग सङ्गठन
को कम्युनिस्ट हुन्, को होइनन्
·
कम्युनिष्टहरु भौतिकवादी हुन्छन् ।
·
कम्युनिष्टहरु द्वन्द्ववादी हुन्छन् ।
·
कम्युनिष्टहरु आलोचनात्मक र क्रान्तिकारी
हुन्छन् ।
·
कम्युनिष्टहरु विज्ञान र अन्वेषणमा विश्वास
गर्दछन् ।
·
कम्युनिष्टहरु रुढीवाद र अन्धविश्वासका विरोधी
हुन्छन् ।
·
कम्युनिष्टहरु कुनै बहादुर, वीर वा शक्तिमा विश्वास गर्दैनन् ।
·
कम्युनिष्टहरु निजी सम्पतिका विरोधी हुन्छन् ।
·
कम्युनिष्टहरु अन्यायका विरोधी हुन्छन् ।
·
कम्युनिष्टहरु भीडमा होईन, सत्यमा विश्वास गर्छन् ।
·
कम्युनिष्टहरुले धर्म र संस्कृतिलाई एक-अर्काका
पूरक ठान्दैनन् ।
· कम्युनिष्टहरु सांस्कृतिक रुपान्तरणका पक्षपाती हुन्छन् ।
असल कम्युनिष्ट कसरी बन्ने
·
दृढ आत्मविकास गर
·
मार्क्स लेनिनका योग्य चेला बन
·
जनतासँग क्रान्तिकारी व्यवहार गर
·
सिद्धान्तको अध्ययन र आत्म विकासबीच एकता गर
·
साम्यवादको लक्ष्यप्रति दृढ बन
·
व्यक्तिगत हित पार्टीको अधिनमा राख
·
पार्टि भित्रका गलत बिचारधाराका विरुद्ध लड
·
अन्तरपार्टी सङ्घर्षमा क्रान्तिकारी पक्षधरता
· गलत विचार कस्ता हुन्छन्, लड्ने कसरी
सत्तामा पुग्ने बितिकै सर्वहारा वर्गको
राज्यसत्ताले गर्नुपर्ने काम
·
भूमिमा रहेको निजी स्वामित्वलाई अन्त्य गर्ने
तथा भूमिकालाई सार्वजनिक उदेश्यमा लगाउने
·
आरोही प्रगतिशील कर
·
उत्तराधिकार सम्बन्धी सम्पुर्ण अधिकारहरुको
उन्मूलन
·
अधिकारसम्पन्न केन्द्रीय बैँकको स्थापना जसले
सम्पुर्ण मौद्रिक प्रणाली र साख (credit) प्रणाली नियन्त्रण गर्न सकोस् ।
·
संचार र यातायातको क्षेत्रमा एकाधिकारको स्थापना
·
खेर गैरहेको जमिनलाई सुधार गरी कृषिको प्रयोगमा
ल्याउनु, सबै क्षेत्रमा तीब्र औद्योगिकरण गर्नु, कृषिक्षेत्र र औद्योगिक क्षेत्रमा समायोजन गर्नु
तथा उचित वितरण प्रणालीद्वारा गाउँ र शहरको भिन्नता मेटाउनु ।
·
श्रममा सबैले भाग लिनुपर्ने व्यवस्था गर्नु ।
विशेषगरी कृषि क्षेत्रका लागि औद्योगिक वा उत्पादन सेनाको गठन गर्नु ।
·
बालश्रममको पुर्ण उन्मूलन । नि:शुल्क शिशाको
व्यवस्था ।
·
शिलालाई उत्पादनमूलक बनाउने गरी
शिक्षा-क्षेत्रको पुनर्गठन ।
·
सबैका लागि नि:शुल्क स्वास्थ्य सेवा ।
धर्मबारे दृष्टिकोण
·
कम्युनिष्टहरुले कुनै धर्म मान्दैनन् ।
·
कम्युनिष्टहरु कुनै धर्मको पक्ष वा विपक्षमा
उभिँदैनन् ।
·
कम्युनिष्टहरु धार्मिक गतिविधिबाट अलग रहन्छन् ।
·
कम्युनिष्टहरुले जनताको धार्मिक आस्थामाथि
बलपूर्वक हस्तलिखित गर्दैनन् ।
·
जनतालाई क्रमश: बुझाउदै धार्मिक जडताबाट अन्तत:
भौतपकवादी दर्शनमा लैजान्छन् ।
All religions so
far have been the expression of historical stages of development of individual,
peoples, or groups of peoples. But communism is the stage of historical
development which makes all existing religions superfluous and brings about
their disappearance. (From "The principles of Communism")
Religious suffering
is, at one and the same time, the expression of real suffering and a protest
against real suffering. Religion is the sigh of the oppressed creature, the
heart of a heartless world, and the soul of soulless conditions. It is the
opium of the people." - Marx
संगठनका रुपहरु
·
खुला र वैधानिक संगठन
·
भूमिगत र अवैधानिक
·
फौजी र गैरफौजी
·
संयुक्त मोर्चा
·
जनवर्गीय संगठन
·
उत्पीडित मोर्चाहरु
·
सामाजिक संगठनहरु
लेनिनवादी संगठनात्मक सिद्धान्त
·
जनवादी केन्द्रीयता
·
आत्मालोचना र आलोचना
· अन्तरसंघर्ष र दुई लाइन संघर्ष
जनवादी केन्द्रियता
·
व्यक्ति संगठनको अधिनस्थ हुन्छ ।
·
अल्पमत बहुमतको अधिनस्थ हुन्छ ।
·
तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्थ हुन्छ ।
·
पार्टीका कमिटीहरु केन्द्रिय कमिटीको अधिनस्थ
हुन्छन् ।
·
केन्द्रीय समिति महाधिवेशनको अधिनस्थ हुन्छ ।
· महाधिवेशन सम्पुर्ण पार्टी सदस्यहरुको अधिनस्थ हुन्छ ।
असल नेतृत्वका गुणहरु
·
कम्युनिष्ट नेतृत्व आधारभूत वैचारिक विषयमा
स्पष्ट हुनुपर्दछ ।
·
कम्युनिष्ट नेतृत्व रणनीतिप्रति इमान्दार
हुनुपर्दछ।
·
कम्युनिष्ट नेतृत्व वर्गपक्षधरतामा दृढ
हुनुपर्दछ ।
·
कम्युनिष्ट नेतृत्व परिस्थितिको सही आंकलन गर्न
सक्ने हुनुपर्दछ ।
·
कम्युनिष्ट नेतृत्व गतिशील र द्वन्द्ववादी
हुनुपर्दछ ।
·
कम्युनिष्ट नेतृत्व अन्तरविरोधको परिचालन र
समाधानमा पोख्त हुनुपर्दछ ।
·
कम्युनिष्ट नेतृत्वमा रणनीतिक दृढता र
कार्यनीतिक लचकताको गुण हुनुपर्छ ।
·
कम्युनिष्ट नेतृत्व जनवादी केन्द्रीयताको
अभ्यासमा कुशल हुनुपर्दछ ।
·
कम्युनिष्ट नेतृत्व संस्थागत निर्णय र निर्णयको
कार्यान्वयनमा प्रभावकारी हुनुपर्दछ ।
तीन गर, तीन नगर
·
मार्क्सवाद लागू गर, संशोधनवाद होइन ।
·
खुला र स्पष्ट होऊ, छलछाम र षड्यन्त्र नगर ।
·
एकजुट होउ, नफुट ।
अनुशासनका तीन नियम
·
आफ्ना सबै काममा आदेशहरुको पालन गर ।
·
जनताबाट सित्तैंमा एउटा सियो र धागोको ट्रक्रा
पनि नलेउ ।
·
कब्जा गरेको प्रत्येक कुरा पार्टीमा बुझाऊ ।
ध्यान दिनुपर्ने आठ कुरा
·
नम्र भएर बोल ।
·
आफूले किनेका मालको सुपथ मोल तिर ।
·
आफूले पैंचो लिएको प्रत्येक कुरा फर्काऊ ।
·
आफूले बिगारेको जुनसुकै कुराको पनि मोल तिर ।
·
जनतालाई कुटपिट र हप्काउने काम नगर ।
·
जनताको बाली नबिगार ।
·
महिलाहरुसँग छाडा व्यवहार नगर ।
·
बन्दीहरुसित नराम्रो व्यवहार नगर ।
केही बैचारिक प्रश्नहरु
·
विश्वभरका समाजवादी सत्ता किन ढले ?
·
कम्युनिष्टहरु सत्तामा पुगेपछि किन अभिजात
वर्गमा फेरिए ?
·
सर्वहारा सत्ताले सर्वहारा वर्गलाई नै किन
अधिनायकत्व लाद्यो ?
·
समाजवादी सत्ता सर्वहारा वर्गको निगरानीमा किन
रहन सकेन ?
·
एकध्रुविय विश्वको साम्राज्यवादी भ्रम कसरी
चिर्न सकिन्छ ?
·
समाजवादमा पार्टी, सेना, र सत्ता किन
मेसिनरी संयन्त्रमा फेरिए ?
·
समाजवादमा प्रतिस्पर्धाको अभ्यास किन हुन सकेन ?
· अनुभववाद र व्यवहारवादमा फस्ने खतराबाट बच्नुपर्ने दृढता
केहि पुस्तकहरु
·
कम्युनिष्ट घोषणापत्र - मार्क्स, एंगेल्स
·
साम्यवादका सिद्धान्तहरु - एंगेल्स
·
समाजवाद: काल्पनिक र वैज्ञानिक - एंगेल्स
·
राज्य र क्रान्ति - लेनिन
·
नयाँ जनवादी क्रान्ति - हो कान च
·
महान बहस - अनुवादक: युवराज पन्थी
·
कम्युनिष्ट नैतिकता - अनुवादक: देवेन्द्र तिम्ला
·
असल कम्युनिष्ट कसरी बन्ने ? - ल्यसाओची
·
कम्युनिस्ट स्कुल - मनहरी तिमिल्सिना
·
कम्युनिस्ट कसरी बन्न सकिन्छ ? - रमेश सुनुवार
·
मदन भण्डारीका संकलित रचना - मदन भण्डारी
फाउन्डेशन
·
पुष्पलालका छानिएका रचना - बेदुराम भुसाल
·
ऐतिहासिक दस्तावेज संग्रह - नेकपा (एमाले)
·
नेपाली कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका
ऐतिहासिक दस्ताबेज - नेकपा (माओवादी)
·
लोकतन्त्र र आजको मार्क्सवाद - चैतन्य मिश्र
·
आजको मार्क्सवाद र नेपाली क्रान्ति - घनश्याम
भुसाल
इतिहास
विश्व कम्युनिष्ट आन्दोलनको इतिहास
• सन् १७६० देखी
१८३० सम्म बेलायती औद्योगिक क्रान्ति ।
• सन् १७८९ देखि
१७९९ सम्म फ्रान्सको राज्यक्रान्ति ।
• सन् १८११ देखि
१८१६ सम्म लुडाइट आन्दोलन ।
• सन् १८२४ मा
बेलायतमा मजदूरहरुलाई संघहरुमा संगठित हुन अनुमति दिने कानूनको निर्माण ।
• सन् १८३१ मा फ्रान्सको
लियों शहरमा मजदूरहरुको विद्रोह ।
• सन १८३४ मा
लियाें शहर पुनः विद्रोहको केन्द्र ।
• सन् १८३६ देखि
१८४६ सम्म चार्टिस्ट आन्दोलन ।
• सन् १८३६ मा
जर्मन आप्रवासीद्वारा फ्रान्समा न्यायिक लिग गठन ।
• सन् १८४३ मा न्यायिक
लिग परिवर्तन गरेर कम्युनिष्ट लिगको गठन (कम्युनिष्ट पार्टीको पहिलो संगठन)।
• सन् १८४७ मा
जेनेभामा कम्युनिष्ट लिगको दोश्रो महाधिवेशन सम्पन्न । मार्क्स र एंगेल्सलाई
कम्युनिष्ट घोषणापत्रको मस्यौदा तयार पार्ने जिम्मेवारी ।
• सन् १८४८
फेब्रुअरी १२ मा कम्युनिष्ट घोषणापत्र प्रकाशित ।
• सन् १८५२ मा
कम्युनिष्ट लिगको विघटन ।
• सन् १८६४ मा
मार्क्सको नेतृत्वमा प्रथम अन्तर्राष्ट्रियको गठन (विश्व सर्वहारा वर्गको पहिलो
अन्तर्राष्ट्रियको सङ्गठन)।
• सन् १८६७ मा
बेलायतमा मजदुर युनियनलाई मान्यता ।
• सन् १८७१ मार्च
१८ मा पेरिस कम्युन ।
• सन् १८७१, मे २८ मा ७२ दिन पछि पेरिस कम्यूनको विघटन ।
• सन् १८७२ मा प्रथम
अन्तर्राष्ट्रियलाई पनि स्वयम माक्र्सद्वारा विघटन ।
• सन् १८७५ मा
जर्मनीको सोशल डेमोक्रेटिक पार्टी (SPD) ले गोथा सहरमा आयोजना गरेको प्रारम्भिक पार्टी महाधिवेशन बाट गोथा
कार्यक्रम को लागु ।
• सन् १८८३ मार्च
१४: मार्क्सको निधन ।
• सन् १८८३ मा
रुसमा प्लेखानोबको नेतृत्वमा मजदुर मुक्ति दल गठन ।
• सन् १८८६ मे १
मा संयुक्त राज्य अमेरिकाको सिकागो सहरमा ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम भन्ने नारासहित
मजदुर आन्दोलन शुरू ।
• सन् १८६९ मे १९
मा राष्ट्रिय आठ घण्टा काम कानून घोषणा ।
• सन् १८८९ मा
एंगेल्सको नेतृत्वमा दोस्रो अन्तर्राष्ट्रियको गठन ।
• सन् १८९५ अगष्ट
६ मा एंगेल्सको निधन ।
• सन् १८९६ मा
दोस्रो अन्तर्राष्ट्रियमा एडवर्ड बर्नस्ट्रिनको संशोधनको प्रस्ताव ।
• सन् १८९८ मा
रूसी कम्युनिस्ट पार्टी (रुसी सामाजिक जनवादी पार्टी ) को स्थापना ।
• सन् १९०३ मा
रुसी कम्युनिष्ट पार्टी भित्र ठूलो अन्तरसंघर्ष । बोल्सेविक र मेन्सेविकको जन्म ।
• सन् १९०६ मा
पार्टीहरू मिल्नुपर्ने जनदबाका कारण सम्मेलनद्वारा दुवै पार्टी एक ।
• सन् १९१२ को
प्राग सम्मेलनमा पार्टीले आफ्नो नामको पछाडि वोल्सेभिक राख्यो, मेन्सेभिकहरुलाई पार्टीबाट सदाका लागि निस्काशन
गर्यो।
• सन् १९१४ मा
दोस्रो अन्तर्राष्ट्रियको विघटन ।
• सन् १९१४ देखि
सन् १९१८ सम्म प्रथम विश्व युद्ध ।
• सन् १९१६ मा
लेनिनको साम्राज्यवाद पूँजीवादको चरम अवस्था रचना प्रकाशित ।
• सन् १९१७
फेब्रुअरी २४ देखि २६ सम्म फेब्रुअरी क्रान्ति
• सन् १९१७ जुलाई
२६ देखि पेट्रोग्राडमा सामाजिक जनवादी मजदुर पार्टी (बोल्सेभिक) को छैटौँ सम्मेलन
• सन् १९१७
अक्टुवर २५ मा अक्टुबर क्रान्ति
• सन् १९१८ जनवरी
मा संविधान सभाको विघटन (सोभियत रसिया) ।
• सन् १९१८ मार्च
३ मा ब्रेस्तालितोब्स्कमा जर्मनी सँग
सन्धि सम्पन्न ।
• सन् १९१८ मार्च
६ मा पार्टीको नाम परिवर्तन गरी रुसी कम्युनिस्ट पार्टी (बोल्सेभिक) ।
• सन् १९१८
डिसेम्बर ३० मा जर्मन कम्युनिस्ट पार्टी स्थापना ।
• सन् १९१९ मार्च
२ मा लेनिनको नेतृत्वमा तेस्रो अन्तर्राष्ट्रियको गठन (Comintern) (प्रथम कम्युनिस्ट अन्तर्राष्ट्रिय) ।
• सन् १९१९ मा
रसियन गृह युद्ध ।
• सन् १९२१ मा
नयाँ आर्थिक निती (NEP) ।
• सन् १९२१ जुलाई
२३ मा चिनिया कम्युनिष्ट पार्टिको स्थापना ।
• सन् १९२२
डिसेम्बर २० मा सोभियत संघको स्थापना ।
• सन् १९२१ मा ट्रेड
यूनियन इन्टरनेशनल को स्थापना ।
• सन् १९२३ मा
डा. सन् यात्सेनले सोभियत संघ सित मित्रता कायम ।
• सन् १९२४ मा
सोभियत कम्युनिस्ट पार्टी बोल्सेभिकका विशेषज्ञहरूको सहयोगमा कुओमिन्ताङ
(राष्ट्रिय जनता पार्टी) को पुनर्गठन । कुओमिन्ताङमा कम्युनिस्ट पार्टीलाई पनि
प्रवेश दिने नीति पारित ।
• सन् १९२४ जनवरी
२१ मा लेनिनको निधन
• सन् १९२५
डिसेम्बर २६ मा कानपुरमा भारतीय कम्युनिस्ट पार्टी गठन ।
• सन् १९२७
नोभेम्बरमा स्टालिनद्वारा ट्रोस्की
(त्रोस्की) लाई सोभियत पार्टीको केन्द्रीय समितिबाट निष्कासन ।
• सन् १९२७ मा
सोभियतमा पञ्चवर्षीय योजनाको सुरुवात ।
• सन् १९२९ मा
त्रोत्स्कीलाई देश निकाला ।
• सन् १९४८ मा
भाकपा माथी प्रतिबन्ध । पहिलो आम चुनाव अघि प्रतिबन्ध खारेज ।
• सन् १९२७
सेप्टेम्बर मा माओको शरद फसल विद्रोह ।
• सन् १९३४
अक्टोबर १६ का दिन ९० हजार जति सेना लिएर
माओत्सेतुङ उत्तर रुसको सीमानातिर (लङ मार्च) ।
• लङ मार्चकै
क्रममा १९३५ जनवरीमा चुनइमा पार्टीको राजनीतिक ब्युरोको विस्तारित बैठक । माओ
पार्टीको महासचिवमा निर्वाचित ।
• सन् १९३९ देखि
१९४५ सम्म दोस्रो विश्वयुद्ध ।
• सन् १९४३ मा
दोस्रो विश्वयुद्धको प्रक्रियामा तेस्रो अन्तर्राष्ट्रियको विघटन ।
• सन् १९४५
अप्रील २४ मा चिनियाँ कम्युनिस्ट पार्टीको सातौँ महाधिवेशन ।
• सन् १९४५ मा
उत्तर कोरिया र उत्तरी भियतनाममा मुक्ति आन्दोलन सफल भएर समाजवाद लागु ।
• सन् १९४६ मार्च
५ मा विन्स्टन चर्चिलको आइरन कर्टेन भाषण (Iron Curtain) ।
• सन् १९४७ मार्च
१२ मा अमेरिक द्वारा ट्रुमन सिद्धान्त (Truman doctorine) लागु ।
• सन् १९४७ मार्च
१२ देखि सीत युद्ध (cold
war) ।
• सन् १९४७
अक्टोबर ५ मा Cominform को स्थापना ।
• सन् १९४९ जनवरी
२५ मा Comecon स्थापना ।
• सन् १९४९
अक्टोबर १ मा माओत्सेतुङ नेतृत्वमा चीनमा नयाँ जनवादी क्रान्ति ।
•सन् १९५० जून
२६ मा युगोस्लाभियाको राष्ट्रिय सभाद्वारा श्रमिकको आत्म-व्यवस्थापन ऐन (Worker's Self - Management Act) पारित ।
• सन् १९५५ मार्च
२२ मा लाओसमा पाथेतलाओ (लाओ भूमि) का नामबाट छुट्टै कम्युनिस्ट पार्टी गठन ।
• सन् १९५३ मा
फिडेल क्यास्ट्रोको नेतृत्वमा क्युवामा सशस्त्र संघर्ष शुरु ।
• सन् १९५३ मा
चिनमा पहिलो पञ्चवर्षिय योजना । १९५४ देखि कृषि उत्पादन-सहकारी निर्माण गर्न
अभियान ।
• सन् १९५६ मा रुसको
कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनको आयोजना (चीनको भन्दा ७ महिना अगाडि) ।
ख्रश्चेव लाईन पारित । शान्तिपूर्ण सह-अस्तित्व र समाजवादमा शान्तिपूर्ण
सङ्क्रमणको नीति पास ।
• सन् १९५६ मा
चीनीयाँ कम्युनिष्ट पार्टिको आठौं महाधिवेशन । ल्यू साओ चि. लाईन पारित ।
• सन् १९५६ को
अधिवेशनबाट पार्टीको विधानवाट 'माओत्सेतुङ
विचारधारा' भन्ने पदावली
हटाइयो ।
• सन् १९५७ मा
शोभियत संघद्वारा अन्तरिक्ष यान स्पुत्निक र अन्तर महाद्वीपीय ब्यालेस्टिक
क्षेप्यास्त्र निर्माण ।
• सन् १९५७ मा
रुस–चीन महाविवाद सुरु ।
• सन् १९५८ देखि
१९६१ सम्म चिनिया कम्युनिष्ट पार्टिको महान् अग्रगामी छलाङ (The Great Leap Forward) अभियान ।
• माओको पहल र
प्रस्तावमा १९५८ देखि कम्युन व्यवस्था आरम्भ । १९६० अन्त्यसम्म आउदा महान्
अग्रगामी छलाङ असफल, कम्युन
व्यवस्था खुकुलो ।
• सन् १९५९ जनवरी
१ मा क्युबाको क्रान्ति ।
• सन् १९६१ मा
क्यास्ट्रो क्युवाली कम्युनिस्ट पार्टीका प्रथम महासचिव ।
• सन् १९६५:
इन्डोनेसिया कम्युनिष्ट पार्टिको विघटन ।
• सन् १९६५ मा
सोभियत आर्थिक सुधार (Kosygin
reform)
• सन् १९६५ देखि
१९७३ सम्म भियतनामको युद्ध ।
• सन् १९६६ मा
माओत्सेतुङ द्वारा सोभियत सङ्घलाई सामाजिक साम्राज्यवादी घोषणा ।
• सन् १९६६ देखि
१९७६ सम्म चीनमा साँस्कृतिक क्रान्ति ।
• सन् १९६७ मा Naxalite–Maoist insurgency in India
• सन् १९६९ मा
चिनियाँ कम्युनिस्ट पार्टीको नवौँ महाधिवेशन । लिनपियाओले राजनीतिक प्रतिवेदन
प्रस्तुत ।
• सन् १९७१
अक्टोबर मा जनवादी गणतन्त्र चीन (PRC) ले संयुक्त राष्ट्र महासभा र सुरक्षा परिषद्मा गणतन्त्र चीन (ROC) लाई
प्रतिस्थापन गर्यो।
• सन् १९७३ मा
दसौँ महाधिवेशन । चाउएनलाइले राजनीतिक प्रतिवेदन पेस ।
• सन् १९७३ को
पेरिस सम्झौतासँगै अमेरिका भियतनामबाट पूरै बाहिरियो ।
• सन् १९७५ मा
भियतनाम माथी अमेरिकी युद्धको पराजय, भियतनाम एकीकरण ।
• सन् १९७५
डिसेम्बर ३ मा लाओस प्रजातान्त्रिक जनगणतन्त्र घोषणा ।
• सन् १९७६
फेब्रुअरीमा सोभियत पार्टीको 25औं महाधिवेशन ।
• सन् १९७६
अप्रिल २५ मा भियतनामको क्रान्ति ।
• सन् १९७६ मा
माओको मृत्यु ।
• सन् १९७८ डिसेम्बर
मा चीनमा स्थापना गर्न चाहने विदेशी व्यवसायहरूको लागि ढोका खोल्न नयाँ नीति (Deng's Reform and Opening up policy) ।
• सन् १९७९ मा
अमेरिका र चिन बिच दैत्य सम्बन्ध ।
• जनवरी १, १९७९ मा अमेरिकाले PRC सँग कूटनीतिक
सम्बन्ध स्थापना गर्यो र यसलाई चीनको एकमात्र वैध सरकारको रूपमा मान्यता दियो।
• सन् १९८१ मा
पेरुमा गोञ्जालोको नेतृत्वमा पेरु कम्युनिस्ट पार्टीले जनयुद्धको घोषणा गर्यो ।
• सन् १९८३
अक्टोबर मा प्रधानमन्त्री Maurice
Bishop नेतृत्वको ग्रेनाडाको कम्युनिस्ट शासन अमेरिकाद्वारा करिब एक हप्तामा
ध्वस्त ।
• सन् १९८४ मा १८
वटा कम्युनिस्ट पार्टीहरुको हस्ताक्षरमा क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी
अन्दोलन (रिम) को स्थापना ।
• सन् १९८५ मा
मिखाइल गोर्बाचेभ सोभियत कम्युनिस्ट पार्टिको महासचिव ।
• सन् १९८५ मा
पेरेस्त्रोहिका र ग्लासनोस्त (Perestroika,
glasnost) ।
• सन् १९८५ मा
चिन अमेरिका ब्यापार सुरु ।
• सन् १९८९ जून ४
मा तियानमेन स्क्वायर (Tiananmen
Square) घटना ।
• सन् १९९१
डिसेम्बर २५ मा सोभियत संघको विघटन । Yeltsin रूसी संघको पहिलो अध्यक्ष ।
• सन् १९९१
डिसेम्बर २६मा सीत युद्ध (cold
war) को
अन्त्य ।
• सन् १९९२ सेप्टेम्वर
१२ मा गोञ्जालोपक्राउ गरी थुनामा ।
• सन् १९९२ मा
दक्षिणी भ्रमणको सङ्गै देंग शियाओ पिंग (Deng Xiaoping) द्वारा आफ्नो आर्थिक सुधार पुनर्जीवित ।
• सन् २००१
डिसेम्बर देखि चिन विश्व व्यापार संगठन (WTO) को सदस्य ।
• सन् २०१० मा
जर्मनीको बर्लिन शहरमा क्रान्तिकारी पार्टी तथा संगठनहरुको अन्तर्राष्ट्रिय समन्वय
समिति (आइकोर) को स्थापना ।
• सन् २०१२ मा सी
जिनपिङ (Xi Jinping) चिनिया
कम्युनिष्ट पार्टीको प्रमुख ।
• सन् २०१३ मार्च
१४ मा सी जन गणतान्त्रिक चीनको राष्ट्रपति निर्वाचित ।
... ... ...
नेपाली कम्युनिष्ट आन्दोलन (पार्टि) को इतिहास
१) नेकपा
·
२००५ सालमा अन्तर्राष्ट्रिय कम्युनिष्ट
घोषणापत्रको प्रकाशनको १०० वर्षपछि तक. पुष्पलालद्वारा नेपाली भाषामा अनुवाद गरी
प्रकाशन
·
२००६ साल वैशाख १० गते नेकपाको स्थापना ।
सस्थापक महासचिव पुष्पलाल ।
·
२००८ असोजमा नेकपाको प्रथम सम्मेलन । मनमोहन
अधिकारी महासचिव ।
·
२०१० माघमा प्रथम राष्ट्रिय महाधिवेशन । मनमोहन
अधिकारी महासचिव । रायमाझिको लाईन पारित ।
·
२०१४ जेठमा दोस्रो महाधिवेशन । महासचिवमा
केशरजंग रायमाझी । पुष्पलालको लाईन पास ।
·
२०१५ सालमा प्रथम संसदीय निर्वाचनमा नेकपाको सहभागिता
। ४७ सीटमा उम्मेद्वारी ४ सीटमा विजयी। विजयीहरुमा हृदयलाल महतो, शेख सिराजुल–रौतहट, कमलराज रेग्मी–पाल्पा, तुलसीलाल अमात्य–पाटन। शम्भुराम श्रेष्ठ
राष्ट्रिय सभा सदस्यमा निर्वाचित। नगरपालिका निर्वाचनहरुमा नेकपाको भारी विजयी।
·
२०१७ फागुनमा दलमाथी प्रतिबन्ध । दरभंगा प्लेनम
सम्पन्न । ९ महिना भित्र महाधिवेशन गर्ने अनिर्णित अवस्थामा प्लेनम समापन ।
·
२०१८ सालमा पुस्पलाल र तुलसीलाल अमात्यको
अग्रसरतामा तेस्रो महाधिवेशनको तयारीका लागि ५ वटा अन्तरजोन सामजञ्य समिति गठन ।
·
२०१९ वैशाखमा तेस्रो महाधिवेशन । महामन्त्रीमा
तुलसीलाल अमात्य । मोहनविक्रम सिहको कार्यदिशा पारित ।
·
२०२२ जेठ १ मा अनेरास्ववियुको गठन र विद्यार्थी
आन्दोलनको सुत्रपात।
·
२०२३ सालमा नेकपा महामन्त्री र क. पुष्पलालका
बीचमा तीव्र मतभेद, कुन बाटो र मूल
बाटोमा विवाद। पार्टीको सातौं केन्द्रीय समितिको बैठक पार्टीको आचारसंहिता
स्वीकृत। त्यसको परिपालना नभएपछि औपचारिक विभाजन ।
२) रायमाझी समुह
·
२०१९ को तेस्रो महाधिवेशन नमान्ने रायमाझी
समुहको घोषणा - २०२३ सालमा तेस्रो महाधिवेशन । महामन्त्रिमा केशरजंङ्ग रायमाझी ।
·
२०३६ मा पञ्चायतमा प्रवेश गर्ने वा नगर्ने
विषयमा रायमाझी र मानन्धरबीच विवाद । २०३८ सालमा चौंथो महाधिवेशन डाकी मानन्धर
समूहको गठन र रायमाझी समूहबाट अलग भएको
घोषणा गरियो।
·
२०४० सालमा रायमाझी समूहको पाँचौं महाधिवेशन।
पार्टी बर्मा र रायमाझी समूहमा २ गुटमा विभाजन । दुबैले एक अर्कालाई पार्टीबाट
निस्काशन गरेको घोषणा ।
·
पछि गएर रायमाझी आधिकारिक रुपमा दरबार प्रवेश ।
·
नोट : २०१९ सालको तेस्रो महाधिवेशनमा निष्काशनमा
परेका केशरजंग रायमाझी समूहबाट विभाजनको शृंखला बेहोर्दै विकसित भएको नेकपा
(संयुक्त) माओवादीमा मिसिसकेको छ । तर रायमाझी समूहले २०२४ सालमा पुनर्गठन गरेको
उक्त समूहमा २०३८ सालमा विभाजन भई नेकपा (मानन्धर) र नेकपा (रायमाझी) समूहमा
विभाजन भएका थिए । रायमाझी समूहमा पनि बर्मा समूहको विभाजन हुँदै २०४७ सालमा नेकपा
(प्रजातान्त्रिक) २०४८ हुँदै प्रजातान्त्रिक बर्मा समूह, अमात्य र मानन्धर समूहबीच एकता भई नेकपा
(संयुक्त) बनेको थियो ।
३) नेकपा एमाले धार
·
२०२२ सालमा भारतको दरभंगामा सम्मेलन गरि भरतमोहन
अधिकारी र कमल कोइरालाको नेतृत्वमा मेची कोशी प्रान्तीय कमिटि गठन ।
·
२०२४ सालमा पुष्पलाल द्वारा कन्भेन्सनको आह्वान
।
·
२०२५ सालमा तेस्रो सम्मेलनमा पुष्पलाल द्वारा
नयाँ जनवादी कार्यक्रमको व्यवस्थित रुपमा प्रस्तुत । पुष्पलाल महामन्त्री ।
·
२०२६ सालमा कम्युनिष्ट नेताहरु क. मनमोहन
अधिकारी, मोहनविक्रम सिंह लगायतका जेलमुक्त।
·
२०२८ मा पूर्वी मेची कोशी प्रान्तीय कमिटिबाट
अलग भई झापा विद्रोह । झापा बिद्रोहको नेतृत्वमा राधाकृष्ण मैनाली, सिपी मैनालीहरु ।
·
२०३२ सालमा झापा बिद्रोहका कमिकमजोरि हटाउने
निर्णय सहित सीपी मैनाली, माधवकुमार नेपाल, झलनाथ खनाल र अमृत बोहोराको पहलमा कोओर्डिनेशन केन्द्र (माले) को गठन
।
·
२०३३ सालमा सीपी मैनाली र प्रदीप नेपालको
नेतृत्वमा नख्खु जेल विद्रोह।
·
२०३३ सालमा पुष्पलालको पार्टीबाट जीवराज आश्रित, मोदनाथ प्रश्रित, मदन भण्डारी, बामदेव गौतम
अलग भएर मुक्ति मोर्चा समूह गठन ।
·
२०३४ मा
विभिन्न कम्युनिष्ट घटकहरुका बीचमा एकताको प्रस्ताव। को.के., मुक्ति मोर्चा, पूर्वको रातोझण्डा र नेत्रलाल अभागीको सन्देश समूहबीच एकता वार्ता।
कोओर्डिनेशन केन्द्र र मुक्ति मोर्चाबिच एकता ।
·
२०३५ मा पुष्पलालको निधन । ४ समूहका बिचमा एकता
भएर नेकपा (माले) को स्थापना । सिपी मैनाली महासचिव ।
·
२०३८ साल नेकपा मालेको ७५ पेजको अन्तरपार्टी
सर्कुलर, पार्टी नीतिमा महत्वपूर्ण परिवर्तन, जसले गर्दा पार्टी जीवनमा दुरगामी प्रभाव।
·
२०३९ मा माले भित्र पार्टी स्वतन्त्रता कि
राजनितीक स्वतन्त्रता भन्ने विषयमा महाविवाद । तत्कालिन महासचिव मैनालीलाई कारवाही, झलनाथ खनाल महासचिव ।
·
२०४० सालमा नेकपा माले र नेमकिपाबीच पार्टी
एकीकरण र केही नेताहरुको पार्टीबाट पलायन ( नोट: २०४७ सालमा गठन भएको नेपाल मजदुर
किसान पार्टी अलग्गै पार्टीका रूपमा छ ) ???
·
२०४३ मा नेकपाको छैटो सम्मेलन । बलराम उपाध्याय
र सहाना प्रधान नेतृत्वको नेकपा पुष्पलाल र मनमोहनको नेतृत्वको नेकपा एकता भई नेकपा (मार्क्सवादी) गठन ।
·
२०४३ मा नेकपा (माले) को जनपक्षीय
उम्मेदवारहरुद्वारा पञ्चायती व्यवस्थामा हस्तक्षेप। मालेका ७ जना नेता राष्ट्रिय
पञ्चायतमा निर्वाचित, स्थानीय
पञ्चायतमा मालेको बलियो उपस्थिति।
·
२०४४ सालमा सोभियत सङ्घलाई हेर्ने नेकपा (माले)
को दृष्टिकोणमा परिवर्तन। नेकपा मालेद्वारा माओ विचारधाराको परित्यागको निर्णय, सोभियत सङ्घलाई समाजवादी मान्यता प्रदान।
·
२०४६ माघमा ७ घटक मिलेर सहाना प्रधानको
नेतृत्वमा संयुक्त वाममोर्चा गठन, संयुक्त
जनआन्दोलनको सुरुवात।
·
२०४७ सालमा माधवकुमार नेपाल, भरतमोहन अधिकारी र निर्मल लामा संविधान मस्यौदा
समितिमा सामेल।
·
२०४७ पुष २२ गते नेकपा माले र नेकपा मार्क्सवादी
एकीकरण भई नेकपा (एमाले) गठन ।
·
२०४८ सालमा संसदको दोस्रो निर्वाचनमा कम्युनिष्ट
प्रतिनिधिहरु ८२ सिटमा विजयी। नेकपा एमालेबाट केही नेताद्वारा विद्रोह पुनः नेकपा
माक्र्सवादी गठन।
·
२०४९ को पाँचौ महाधिवेशन बाट मनमोहन अधिकारी
अध्यक्ष र मदन भण्डारी महासचिव । जबज कि नौलो जनवाद
·
२०५० जेठ ३ गते मदन भण्डारीको रहस्यमय
दुर्घटनामा मूत्यु ।
·
२०५१ को मध्यावधि निर्वाचनपछि मनमोहन अधिकारीको
नेतृत्वमा पहिलो वामपन्थी सरकार ।
·
२०५२ सालमा नेकपा एमालेद्वारा मेची–महाकाली १२
सुत्रीय अभियान सञ्चालन।
·
२०५४ साल स्थानीय निकायको निर्वाचनमा नेकपा
एमालेको प्रचण्ड बहुमत।
·
२०५४ मा छैटो महाधिवेशन । माधव कुमार नेपाल
महासचिव ।२०५४ मा महाकाली सन्धिलाई हेर्ने दृष्टिकोणलाई लिएर पार्टि विभाजन भई
नेकपा मालेको पुर्नगठन । मालेमा सिपी मैनाली, बामदेव गौतमहरु , ४६ जना सासंद ।
·
२०५६ सालमा तेस्रो आम निर्वाचन। कम्युनिष्ट
सरकार गठन हुने सम्भावना क्षीण। मालेद्वारा एक सिटमा पनि विजयी हुन नसक्नु, माओवादीको जनयुद्ध जारी।
·
२०५७ सालमा नेकपा (माले) को राष्ट्रिय सम्मेलन।
पुनः पार्टी एकीकरणको नीति पारित ।
·
२०५८ मा पुन: पार्टि एकिकरण । बामदेवहरु फिर्ता
।
·
सातौ महाधिवेशन (२०५९) ले पनि माधव नेपाललाई नै
महासचिव निर्वाचित । पार्टि संरचना ठुलो बनाए लोकतन्त्र बलियो ?
·
२०५९ सालमा राजाद्वारा २०४७ सालको संविधानमाथि
अतिक्रमण। बैशाखमा माओवादी नेताहरुलाई आतङ्कवादी घोषणा र रेडकर्नर नोटिस जारी, देशमा सङ्कटकालको झनै सघन। राजनीतिक सङ्कट गहिरिँदै जाँदा माघ १५ गते
दोस्रोपटक युद्धविराम। संसदवादी दललाई पाखा लगाउँदै माघ १९ मा राजा
ज्ञानेन्द्रद्वारा दोस्रो शाही घोषणा माओवादी–संसदवादी शक्तिबीच सहकार्यको बाटो
खुला।
·
२०६० सालमा नेकपा (माओवादी) र नेकपा (एमाले) बीच
सिलगुढीमा वार्ता।
·
२०६२ सालमा नेकपा (एमाले) द्वारा
राजतन्त्रविरुद्ध सङ्घर्षको घोषणा, महान् जनआन्दोलनको आरम्भ। कार्तिकमा तात्कालीन माओवादीको शीर्ष
नेतृत्व र एमालेका नेताहरु वामदेव गौतम र युवराज ज्ञवालीबीच रोल्पा वार्तामा ६
बुँदे सहमति (उक्त वार्ता नै १२ वुंदे समझदारीको महत्वपूर्ण आधारशिला) ।
·
२०६४ को संविधानसभामा पराजयपछि माधव नेपालले
राजीनामा ।
·
२०६५ को आठौ महाधिवेशनमा झलनाथ खनाल अध्यक्षमा
निर्वाचित ।
·
२०६६ सालमा माधव नेपाल प्रधानमन्त्रीमा
निर्वाचित।
·
२०७० साल दोस्रो संविधानसभाको निर्वाचन नेकपा
एमाले दोस्रो र माओवादी तेस्रो पार्टीमा सीमित।
·
२०७१ को नवौ महाधिवेशन मा केपी शर्मा ओली
अध्यक्षमा निर्वाचित ।
·
२०७२ वैशाख १२ गते देशमा ठूलो भूकम्प, अपार धनजनको क्षति। असोज ३ गते समावेशी, धर्मनिरपेक्ष, सङ्घीय गणतन्त्रात्मक संविधानको घोषणा। भारतद्वारा नेपालमा नाकाबन्दी
सुरु। माओवादीको समर्थनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री
निर्वाचित।
४) नेकपा माओवादी धार
·
२०२६ सालमा कम्युनिष्ट नेताहरु क. मनमोहन
अधिकारी, मोहनविक्रम सिंह लगायतका जेलमुक्त।
·
२०२७ सालमा कम्युनिष्ट एकताको प्रथम प्रयास, क. मनमोहन अधिकारीको नेतृत्वमा केन्द्रीय
न्युक्लियस गठनको प्रयास ।
·
२०२८ मा मोहनविक्रम लगायत बागमति प्रान्तीय
कमिटीमा रहेका सिद्धीलाल सिंह, नरबहादुर
कर्मचार्य, देवेन्द्रलाल
श्रेष्ठ मिली केन्द्रीय न्यूक्लियस गठन गरे। (संस्थापक: मोहनविक्रम, मनमोहन अधिकारी, निर्मल लामा, शम्भुराम
श्रेष्ठ, जयगोविन्द शाह, भरतमोहन अधिकारी, रामबहादुर
ह्यामो, कमल कोइराला, सिद्घीलाल सिंह आदि)
·
२०३१ भाद्र ३० देखि असोज ७ सम्म निर्मल लामा, मोहनविक्रमहरुको पहलमा चौंथो महाधिवेशन (चौम)।
·
२०३२ सालमा केन्द्रीय न्युक्लियसबाट कमरेड
शम्भुराम श्रेष्ठ अलग र नेपाल कम्युनिष्ट लिगको गठन।
·
२०३५ मा मोहनविक्रमलाई कार्वाही, निर्मल लामा महामन्त्री । छिट्टै कार्वाही
फुकुवा, फेरि निर्मल लामा कार्वाहीमा ।
·
२०३६ मा भक्तबहादुर श्रेष्ठ ‘शेरसिंह’
महामन्त्री।
·
२०३७ मा ऋषि देवकोटा ‘आजाद’ले पार्टीबाट विद्रोह
।
·
२०३९ सालतिर मोहनबिक्रमलाई दोश्रोपटक कार्वाही,
·
२०४० सालमा चित्रबहादुर श्रेष्ठ गिरफ्तार भएपछि
निर्मल लामाहरुले नेकपा चौम गठन ।
·
पार्टी विभाजन गरी निर्मल लामाले नेकपा चौम गठन
गरेपश्चात २०४० कार्तिकमा राष्ट्रिय सम्मेलन भयो र मोहन विक्रम मशालको महामन्त्री ।
·
- २०४१ मंसीर
१–१६ सम्म पाँचौं महाधिवेशन । मोहनबिक्रमको कार्यदिशा पास, सांस्कृतिक बिचलनको अभियोगमा उनीमाथि नै
कार्वाही । मोहन वैद्य ‘किरण’महामन्त्रीमा
निर्वाचित ।
·
२०४२ मा पाँचौं महाधिवेशनबाट निर्वाचित १७ जना
केन्द्रीय सदस्यमध्ये ४ जनलाई लिएर मोहनविक्रमले नेकपा मसाल गठन, २०४३ सालमा मसालको सम्मेलन ।
·
२०४३ सालमा नेकपा मशाल र सेक्टरकाण्ड ।
सेक्टरकाण्डमा पार्टीको योजना असफल भएपछि मोहन वैद्यले महामन्त्रीबाट राजीनामा ।
·
२०४५ सालमा नेकपा मशालको सम्मेलनले प्रचण्ड
महामन्त्री । माओवाद र दीर्घकालीन जनयुद्धको कार्यदिशा पास ।
·
२०४६ सालको जनआन्दोलनमा माओवाद मान्ने
कम्युनिष्ट घटकहरुद्वारा डा. बाबुराम भट्टराईको नेतृत्वमा नेकपा मशाल, नेकपा मसाल (विद्रोही), सर्वहारा श्रमिक संगठन, नेकपा चौम लगायत मिलि संयुक्त जनआन्दोलन संयोजन
समिति गठन गरि जनआन्दोलनमा सहभागी ।
·
२०४७ श्रावणमा प्रचण्ड नेतृत्वको नेकपा मशाल, निर्मला लामा नेतृत्वको नेकपा चौम र रुपलाल
विश्वकर्माको सर्वहारावादी श्रमिक संगठनबीच एकता भई नेकपा एकताकेन्द्र ।
·
२०४७ को अन्त्यतिर मोहनविक्रमबाट विद्रोह गरी
हरिबोल गजुरेलको नेतृत्वमा डा. बाबुराम भट्टराई लगायतको टिम नेकपा एकताकेन्द्रमा
प्रवेश ।
·
२०४८ मंसीर ४ मा एकता महाधिवेशन , महाधिवेशनमा प्रचण्डको दीर्घकालीन जनयुद्धको
कार्यदिशा पास । प्रचण्ड महामन्त्रीमा निर्वाचित । बाबुराम भट्टराईको नेतृत्वमा
नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन गठन।
·
२०४८ सालको संसदीय निर्वाचनमा प्रतिनिधि सभामा ९
र राष्ट्रिय सभामा २ गरि ११ सिटमा पार्टी विजयी ।
·
२०५१ असारमा नेकपा (एकता-केन्द्र)को प्रथम
राष्ट्रिय सम्मेलनपछि निर्मल लामाहरु पार्टीबाट अलग । निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लिलामणि पोख्रेलहरु मिलेर नेकपा एकताकेन्द्र गठन ।
·
२०५१ साल फागुनमा प्रचण्डको नेतृत्वमा रहेको
नेकपा एकताकेन्द्रको तेश्रो बिस्तारित बैठक । नयाँ जनवादी क्रान्तिको राजनीतिक तथा
फौजी कार्यदिशा निर्माण । पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी ।
·
२०५२ माघ २२ गते नेकपा (माओवादी) द्वारा देउवा
सरकारलाई ४० बुंदे मागसहितको ज्ञापनपत्र प्रस्तुत।
·
२०५२ फागुन १ गते जनयुद्धको घोषणा ।
·
२०५५ भाद्रमा माओवादीको चौथो विस्तारित बैठक ।
·
२०५७ माघ–फागुनमा नेकपा (माओवादी) को दोस्रो
राष्ट्रिय सम्मेलन। सम्मेलनद्वारा जनयुद्धका ५ वर्षका अनुभवहरुको समीक्षा गरी
माक्र्सवाद–लेनिनवाद–माओवादमा नयाँ वैचारिक आयाम थपिएको घोषणा। विशिष्ट विचार
श्रृङ्खलाका रुपमा प्रचण्डपथ संश्लेषण, प्रचण्ड पार्टी अध्यक्षमा निर्वाचित। राष्ट्रिय सम्मेलनद्वारा गोलमेच
सम्मेलन, अन्तरिम सरकार र संविधान सभा निर्वाचनको
शर्तसहित सरकारसँग वार्ता गर्न सकिने औपचारिक प्रस्ताव पारित।
·
२०५८ मा तत्कालीन सरकार र माओवादी बीचको पहिलो
वार्ता दोरम्बा नरसंहारका कारण असफल। मंसीर ८ गते माओवादीद्वारा युद्धविराम भङ्ग।
माओवादीद्वारा औपचारिक रुपमा जनमुक्ति सेनाको घोषणा, प्रचण्ड सुप्रिम कमाण्डर, डा. बाबुराम भट्टराईको नेतृत्वमा केन्द्रीय जनसरकारको घोषणा ।
·
२०५९ सालमा नेकपा एकता केन्द्र र मसालबीच पार्टी
एकता
·
२०५९ सालमा राजाद्वारा २०४७ सालको संविधानमाथि
अतिक्रमण। बैशाखमा माओवादी नेताहरुलाई आतङ्कवादी घोषणा र रेडकर्नर नोटिस जारी, देशमा सङ्कटकालको झनै सघन। राजनीतिक सङ्कट गहिरिँदै जाँदा माघ १५ गते
दोस्रोपटक युद्धविराम। संसदवादी दललाई पाखा लगाउँदै माघ १९ मा राजा
ज्ञानेन्द्रद्वारा दोस्रो शाही घोषणा माओवादी–संसदवादी शक्तिबीच सहकार्यको बाटो
खुला।
·
२०६० सालमा नेकपा (माओवादी) र नेकपा (एमाले) बीच
सिलगुढीमा वार्ता।
·
२०६० जेठमा सम्पन्न नेकपा (माओवादी) केन्द्रीय
समितिको बैठकबाट इतिहासका अनुभव र २१ औं शताब्दीमा जनवादको विकासबारे दस्तावेज
प्रस्तुत, सामन्तवाद–साम्राज्यवाद विरोधी शक्तिसँग
राजनीतिक प्रतिस्पर्धा गर्ने माओवादीको निर्णय।
·
२०६२ असोजमा सम्पन्न चुनबाङ् बैठकले जनयुद्धको
घोषित लक्ष्य नयाँ जनवादलाई परित्याग गर्दै लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा
पारित । कार्तिकमा तात्कालीन माओवादीको शीर्ष नेतृत्व र एमालेका नेताहरु वामदेव
गौतम र युवराज ज्ञवालीबीच रोल्पा वार्तामा ६ बुँदे सहमति।
·
२०६२ मंसीर ७ गते माओवादी र संसदवादी शक्तिबीच
१२ बुंदे सहमति । त्यसकै बलमा २०६२/२०६३ को जनआन्दोलन ।
·
२०६३ मंसीर ५ गते विस्तृत शान्ति सम्झौता भई
जनयुद्धले शान्तिपूर्ण रुपमा ग्रहण गर्यो।
·
२०६३ वैशाख ११ गते संसद पुनस्र्थापनाको घोषणा।
गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीमा नियुक्त। असार २ गते आफ्नो २५ वर्ष लामो
भूमिगत राजनीतिबाट प्रचण्ड पहिलोपटक सार्वजनिक। मंसीर ५ गते सरकार र विद्रोही
माओवादीबीच बिस्तृत शान्ति सम्झौतामा हस्ताक्षर ।
·
२०६४ चैत्र २८ गते संविधान सभाको निर्वाचन ।
नेकपा (माओवादी) बहुमत स्थानमा विजयी।
·
२०६५ श्रावण ३२ गते प्रचण्ड गणतन्त्र नेपालको
पहिलो प्रधानमन्त्री । प्रचण्डको नेतृत्वमा एमालेसहितको वामपन्थी सरकार गठन।
माओवादीको बालाजु विस्तारित बैठकमा मोहन वैद्यको फरक मत। पार्टीमा गम्भिर वैचारिक
र सङ्गठनात्मक मतभेद।
·
जनयुद्धपूर्व टुक्रिएर गएको नेकपा
एकताकेन्द्र–मसाल र नेकपा माओवादीको बीचमा २०६५ पौष २९ गते पार्टी एकता। पार्टीको
नाम एकीकृत नेकपा (माओवादी)।
·
२०६८ सालमा एकीकृत नेकपा (माओवादी) का नेता डा.
बाबुराम भट्टराई प्रधानमन्त्री। संविधान निर्माण र संविधानका अन्तर्वस्तुबारे
दलहरुबीच तीव्र मतभेद।
·
२०६९ जेठ ३ गते बौद्धमा सम्पन्न भेलाद्वारा मोहन
वैद्यको नेतृत्वमा नेकपा माओवादीको गठन। असारमा एकीकृत नेकपा (माओवादी) औपचारिक
रुपमा विभाजित। माघमा एकीकृत नेकपा (माओवादी) द्वारा सातौं महाधिवेशनको आयोजना।
·
२०७० मंसीर ४ मा संविधान सभाको दोस्रो निर्वाचन
। २०७० साल दोस्रो संविधानसभाको निर्वाचन नेकपा एमाले दोस्रो र माओवादी तेस्रो
पार्टीमा सीमित।
·
२०७१ सालमा मोहन वैद्य किरणको नेतृत्वको
माओवादीबाट नेत्रविक्रम चन्द अलग भई राष्ट्रिय सम्मेलन आयोजना गरी नेकपा माओवादी
गठन।
·
२०७२ वैशाख १२ गते देशमा ठूलो भूकम्प, अपार धनजनको क्षति। असोज ३ गते समावेशी, धर्मनिरपेक्ष, सङ्घीय गणतन्त्रात्मक संविधानको घोषणा। भारतद्वारा नेपालमा नाकाबन्दी
सुरु। माओवादीको समर्थनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री
निर्वाचित।
·
माओवादी परित्याग गरी डा. बाबुराम भट्टराईको
नेतृत्वमा नयाँ शक्ति पार्टीको गठन। साना वामपन्थी पार्टीहरु मिलाएर मोहन वैद्यको
नेतृत्वमा नेकपा माओवादी क्रान्तिकारीको गठन।
·
२०७३ साउनमा प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री।
७५३ स्थानीय तहहरुको घोषणा र स्थानीय निर्वाचन सम्पन्न।
·
रामबहादुर थापा ‘बादल’को नेतृत्वमा नेकपा
(क्रान्तिकारी–माओवादी) बाट विद्रोह गरी एकीकृत नेकपा (माओवादी) सँग पार्टी एकता, एकीकृत पार्टीको नाम नेकपा (माओवादी–केन्द्र) ।
५) नेकपा
• २०७४ साल असोज
१७ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रद्वारा पार्टी एकता गर्ने
प्रतिवद्धताका साथ संयुक्त रुपमा संसदीय निर्वाचनमा जाने घोषणा, संयुक्त घोषणापत्र र संयुक्त उम्मेदवारको घोषणा।
• २०७४ मंसीर १०
र २१ मा सम्पन्न निर्वाचनमा उक्त निर्णय प्रति जनताको व्यापक समर्थन, वाम गठबन्धनलाई बहुमत । झण्डै २ तिहाई जनमत
हासिल ।
• २०१५ सालपछि
नेपालको इतिहासमै सबैभन्दा शक्तिशाली वामपन्थी सरकार गठन। २०७४ फागुन ३ गते केपी
शर्मा प्रधानमन्त्री।
• २०७४ फागुन ७
गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकताका प्रारम्भिक आधारहरु
सम्बन्धी सहमति। २०७५ जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकताको घोषणा ।नेपाल
कम्युनिष्ट पार्टि (नेकपा) गठन ।
• २०७६ मा चीनका
राष्ट्रपति सी. चिनफिङको ऐतिहासिक नेपाल भ्रमण। भारतद्वारा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र आफ्नो भू–क्षेत्रको
नक्सामा समावेश गरेपछि त्यसका विरुद्ध अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन।
केहि पुस्तकहरु
·
विश्वप्रसिद्ध जनक्रान्तिहरु- अभयकुमार दुवे
·
मार्क्सको जिवनी - एभगेनिया स्तेपानोभा
·
नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास- सुरेन्द्र केसी
·
विश्व कम्युनिष्ट आन्दोलनको इतिहास - मोहन बिक्रम सिह
·
विश्व कम्युनिस्ट आन्दोलनको इतिहास - शशिधर भण्डारी
·
सोभियत कम्युनिष्ट पार्टीको इतिहास-
·
चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास-
·
चीनको आधुनिक इतिहास- सि जिङ पिङ
·
विश्व जनक्रान्तिका नायक - विश्वराज कार्की
·
नेपालको इतिहास : एक मार्क्सवादी दृष्टिकोण- रामराज रेग्मी
Compiled by - MS
Bhusal
Contact: Twitter








Comments
Post a Comment