कृष्ण सेन 'इच्छुक' १) कान्छी, भट्टी र देश अलिकति सफा र ताजा हिमाली सौन्दर्यको मीठो हाँसो र, अलिकति गरिब माइतीको पुरानो दाइजोले मानौँ, प्रकृतिको सुन्दर पसल हो, नेपाल सजाएर चियाको किट्लीजस्तै भकभकी उम्लिरहेको दुःखी मन अनि रक्सीका बोतलहरूसित रित्तिरहेको बैँसालु यौवनलाई विवशताका भोका थाली र कचौराहरूमा पस्केर सन्तप्त मुस्कानहरूले उदासी बाँडिरहिछ कान्छी भट्टी थापिरहिछ यात्रीहरू आइरहेछन् र गइरहेछन् परदेशीहरू गइरहेछन् र आइरहेछन् कोही उसको रूपको नशा पिइरहेछन् कोही उसको जीवनको दुर्दशा पिइरहेछन् विदीर्ण मन अनि जीर्ण तनलाई जोरेर छटपटीको तातो भुंग्रोभित्र खिन्न सुस्केराहरूमा पीडाका धुँवाहरू फाल्दै दिनरात क्लेश काटिरहिछ कान्छी भट्टी थापिरहिछ भट्टीमा भात पाकिरहेछ भात सँगसँगै कान्छीको लाज पाकिरहेछ भट्टीमा मासु पाकिरहेछ मासु सँगसँगै कान्छीको आँशु पाकिरहेछ भट्टीमा रक्सी बिकिरहेछ रक्सी सँगसँगै कान्छीको श्री बिकिरहेछ नेपाली छोरी ऊ हिमालकी गोरी ऊ विदेशका कोठीमा बेचिएकी अबोध चेलीझैँ गहबाट बहका नदीहरू झारिरहिछ कान्छी भट्टी थापिरहिछ। उसका आँशुहरू मानौँ, खुशी खोसिएका कोशीका अशान्त छालहरू ह...
The Unraveled is a notebook by MS Bhusal that breaks down the main ideas from well-known books, articles, theories, and concepts related to economy, philosophy, and society.